STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सन्तोष पन्तको ‘हिजोआजका कुरा’ शुक्रबार देखि प्रदर्शन हुने

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ आश्विन २६, बुधबार

दुई दशक अगाडी निकै लोकप्रिय रहेको टेलिसिरियल ‘हिजोआजका कुरा’ चलचित्रको रुपमा प्रर्दशन हुने भएको छ।

वरिष्ठ हास्यकलाकार सन्तोष पन्तको मुख्य भूमिका रहेको यो चलचित्रमा पुरानै कलाकारहरु रमा थपलिया, सबिन शाक्य, मंजु श्रेष्ठलगाएत नयाँ थप अनुहारका चर्चित कलाकारहरु रीचा शर्मा, रीमा विश्वकर्मा, केकी अधिकारी जस्ता चर्चित नायिकाहरुका साथमा जयनन्द लामा, लक्ष्मी भुषाल, निरन्जन अर्याल, रमेश अधिकारी, कमला रेग्मी,  दिव्यदेव पन्त, , साकार पन्त, अनुष्का अधिकारी, जेविका कार्की, विनायक कुइकेल आदिको प्रमूख भूमिका रहेको छ।

पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्रको छायांकन निर्देशन रवि सायमी, सम्पादन / कलर / ग्राफिक्समा बिनय कंसाकार, पार्श्व संगीतमा भुपेन्द्र बज्राचार्य, साउण्ड मिक्सिंग बिजु बज्राचार्यको रहेका छ । कथावस्तुमा सन्दिप कृष्णा, साकार पन्त, निरन्जन पन्त रहेका छन्।

रामकृष्ण ढकाल, मेलिना राइ, हर्कुलस बस्नेत, सन्ध्या जोशीले स्वर दिएका छन् भने आनन्द अधिकारी, हर्कुलस बस्नेत, सविन (एकतारे)को शव्दमा दिपक शर्मा, हर्कुलस बस्नेतको सुमधुर संगीत रहेको छ।

सामाजिक परिवेश भित्रका घटना-परिघटनालाई समेटेर तयार गरिएको यस चलचित्र पुरानै टेली सिरियलको स्वादलाइ नयाँ ढंगले पस्किएको निर्माण पक्षले जानकारी दियो । यस चलचित्रले युवा पुस्तालाइ हदै सम्म प्रभावित गर्ने पनि निर्माण पक्षले विश्वास लिएको छ।

Categorized in सिनेमा