सन्दीपको निलम्बन फुकुवा, सबै प्रकारका खेलमा सहभागिता जनाउन पाउने
Janjati Khabar – Janjati Khabar | २०८१ जेठ ३, बिहिबार
काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ।
उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिए लगत्तै क्यानले उनको निलम्बन फुकुवा गरेको हो।
निलम्बन फुकुवा भएसँगै लामिछानेले सबै प्रकारका घरेलु तथा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउन पाउने भएका छन्।
Categorized in खेलकुद

