STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सन्देशमुलक लघु चलचित्र " भावना ” को विश्वव्यापी प्रिमियर

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ जेठ ३, बिहिबार

गीत संगीत र चलचित्र जगतमा लामो समयदेखि सकृय रहँदै आउनु भएका कलाकर्मि स्वतन्त्रसंसारं महर्जनको संसार्स क्रियशन्सको प्रस्तुति स्वरुप तयार भएको लघु चलचित्र " भावना ” को प्रिमियर शो सोमबार सम्पन्न भएको छ । प्रिमियर पश्चात सो चलचित्र सन्सार्स अनलाइट टिभि मार्फत विश्वव्यापी रुपमा सार्वजनिक गरिएको छ ।

विद्यालयमा अध्यययनरत बालिका प्रति हुने विभिन्न खालको यौन दुर्व्यवहारलाई कथामा पिरोलिएको यो लघु चलचित्रको लेखन एन्थोनि शाक्यले गर्नु भएको हो ।

सोमबार सम्पन्न प्रिमियर शो मा मेरो बोलि डटकमका ज्ञान भक्त डंगोलले स्वागत मन्तव्य राख्नु भएको थियो भने चलचित्र लेखनबारेका अनुभव एन्थोनि शाक्यले सुनाउनु भएको थियो ।

सो प्रिमियर समारोहमा वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधरले समीक्षात्मक टिप्पणी गर्नु भएको थियो भने कार्यक्रममा संसार्स क्रियशन्स का स्वतन्त्रसंसार महर्जन,

अभिभावक को तर्फबाट शोभा पहेली,समाजसेवी प्रल्हाद रानाभाट लगायतले बाल बालिकाहरु प्रति हुने यौन दुर्व्यवहार , घरेलु हिंसा बारेमा मन्तव्य राख्नु भएको थियो ।

" भावना ” लघु चलचित्र का निर्देशन सल्लाहकार   स्वतन्त्रसंसार महर्जन हुनु हुन्छ भने सम्पादन तथा छायाँकन दिप शेर्पालि, श्रृंगार प्रेमाहा संसार महर्जन तथा निर्देशन धिरज थापा मगरको रहेको छ ।

यस चलचित्रमा बिमला बमजनको प्रमुख भुमिका रहेको  छ । अन्य कलाकारहरु मा सोनिया तामाङ्ग, राकेश खडगी, दिलिप शेर्पालि, आदित्य जैसवाल, कल्पना धुलिखेलि, अनिता रोका मगरको साथमा क्रिशु पहेली, सुप्रिया शाक्य, सुजि मालि, गुन्जन शाक्य, स्विकृति बानिया का साथमा कक्षा ६ र ८ का विद्यार्थीहरुको समेत अभिनय रहेको छ ।

Categorized in सिनेमा