STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सभापति देउवाद्वारा दुःख व्यक्त

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर १, आइतबार

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भक्तपुर १ क प्रदेशसभाका काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेलकी आमा सेतीमायाँ भँडेलको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । काँग्रेस नेतासमेत रहनुभएका कृष्णलाल भँडेलकी आमा सेतीमायाँको ८४ वर्षको उमेरमा उपचारका क्रममा आज बिहान मध्यपुर ठिमी अस्पतालमा निधन भएको हो । सभापति देउवाले उहाँको निधनको खबरले अत्यन्तै दुःख लागेको उल्लेख गर्दै स्व सेतीमायाँ भँडेलप्रति श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
Categorized in राष्ट्रिय