समानुपातिक तर्फ पनि रास्वपाको पक्षमा लहर
Janjati Khabar – Janjati Khabar | २०८२ फाल्गुण २३, शनिबार
काठमाडौँ - प्रतिनिधि सभा निर्वाचन २०८२ मा प्रत्यक्षतर्फ रास्वपाको उत्साहजनक नतिजा आइरहँदा समानुपातिकतर्फको मतगणनामा पनि उस्तै लहर देखिएको छ।
निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो एकीकृत विवरणअनुसार रास्वपाले अन्य स्थापित र पुराना दलहरूलाई निकै पछाडि पार्दै निकै अग्रता कायम गरेको छ।
हालसम्म कुल ३३ हजार ३ सय ८९ मतको गणना हुँदा रास्वपा एक्लैले १९ हजार २५ मत प्राप्त गरेको छ । रास्वपालाई पछ्याइरहेको नेपाली कांग्रेसले ६ हजार २ सय ९५ मत पाएको छ ।
त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी २ हजार ८ सय ५४ मतका साथ तेस्रो स्थानमा देखिएको छ। नेकपा ९एमाले० ले २ हजार ४ सय १८ मत प्राप्त गर्दै चौथो स्थानमा चित्त बुझाएको छ। श्रम संस्कृति पार्टीले ८ सय ३५ र नेपाली कम्युनिस्ट पार्टीले ७ सय ८३ मत ल्याएका छन् ।
Categorized in राजनीति

