STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

समुदायका लागि बाँच्ने गणेशबहादुर नगरकोटीलाइ बर्ष ब्यक्तित्व सम्मान

Janjati Khabar – विजयरत्न असंबरे | २०८० श्रावण २१, आइतबार

लकस नेपालले आफ्नो १३ औं स्थापना दिवस अवसरमा गोदावरी नगरपालिका वडा ६ लामीडाँडाका गणेशबहादुर नगरकोटीलाई “लकस नेपाल वर्ष ब्यक्तित्व २०८० सम्मान” प्रदान गरेको छ । लकस नेपालको सहजीकरणमा १४ हजार लिटरको पानी शुद्धिकरण ट्याङ्की निर्माण तथा निरन्तर ब्यवस्थापनमा सक्रिय रहेका नगरकोटीलाई शनिवार आयोजित स्थापना दिवस समारोहमा उक्त सम्मान प्रदान गरिएको हो ।

नगरकोटीलाई सम्मान गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेशमन्त्री रामकृष्ण चित्रकारले “लकस नेपालको सोच एवं काम गर्ने शैली फरक भएको उल्लेख गरे र यसलाई थप सशक्त बनाउने अभियानमा प्रदेश सरकारको साथ रहने प्रतिवद्धता पनि ब्यक्त गरे।

कार्यक्रमका विशेष अतिथि गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले भक्तपुर जिल्लाकै हाराहारी क्षेत्रफल रहेको गोदावरी नगरपालिकाभित्र मात्र एउटा स्थानीय तहले प्राप्त गर्ने बजेट प्राप्त गर्ने भएकाले योजनाअनुरुप कार्यसम्पादन चुनौतीपूर्ण बनेको उल्लेख गरे। लकस नेपाल एवं यस्तै अन्य संस्थाले अन्य पिछडिएका समुदायकेन्द्रीत कार्यक्रमहरु थप गर्नुपर्ने तथा यसका लागि गोदावरी नगरपालिका सहकार्य गर्न तत्पर रहेको उनको भनाइ थियो ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, बागमती गा।पा। अध्यक्ष वीर बहादुर लोप्चन, लोप्चन, ललितपुर महानगरपालिका ११ वडा अध्यक्ष अरोजकुमार खड्गी, ललितपुर महानगरपालिका २२ वडा अध्यक्ष सागर तुलाधर तथा संस्थाका सल्लाहकार डा। शिलेन्द्र शाक्य, शाक्य सुरेन तथा कानूनी सल्लाहकार किरण शाक्यको समेत उपस्थिति रहेको थियो ।

लकस नेपालका कार्यवाहक अध्यक्ष सुरजबीर बज्राचार्यको अध्यक्षतामा भएको हो । कार्यक्रममा निवर्तमान कार्यसमिति, कर्मचारी, समुदायको नेतृत्वमा उदाहरणीय योगदान गर्नुहुने रामबहादुर के.सी, धनकुमार नगरकोटी, प्रकाश नगरकोटी, ससिता नगरकोटी, सरस्वती नगरकोटीलाई सम्मान गरिनुका साथै लकस नेपाल गानका गायक, संगीतकार एवं रचनाकार सुरजवीर, संगीत संयोजक भूपेन्द्र बज्राचार्य, दिक्षान्त भइसकेका कार्यक्षेत्रको योगदान गर्ने संस्थाहरुलाई सम्मान गरिएको थियो भने स्थानीय उत्पादनहरु प्रदर्शनी तथा विक्री स्टाल समेत राखिएको थियो ।

लकस नेपालले आफ्नो १३ औं स्थापना दिवसको अवसरमा गत बुधवार लकस नेपाल गान, वेभसाइट सार्वजनिक गर्नुका साथै लकस नेपाल बर्ष ब्यक्तित्व २०८० सम्मान घोषणा गरेको थियो । लकस नेपालले आउटरिच इन्टरनेशनलसँगको सम्झौतामा कृषिमा बेर्ना उत्पादन, तरकारी खेती, पशुपालन, जडिवुटी खेती, गोलभेडा टनेल खेती, घाँस उत्पादन, बचत तथा ऋण मार्फत जीवनस्तर उकास्ने, पानी शुद्धिकरण ट्यांकी निर्माण लगायतका कार्यमा सहकार्य गर्दै आएको छ ।

Categorized in राष्ट्रिय