सम्पदा क्षेत्रमा भईरहेको व्यापारिक प्रयोजनबारे पुरातत्वको आलटाल
Janjati Khabar – विजयरत्न असंबरे | २०७७ चैत्र १७, मंगलबार
विश्व सम्पदा सूचिमा सूचिकृत बसन्तपुर हुनमानढोका दरबारक्षेत्र आसपासमा अनधिकृत रुपमा सञ्चालित व्यापारिक प्रयोजन हटाउन पुरातत्व विभागलाई पटक–पटक ताकेता गर्दा पनि आलटाल गरेको भन्दै काठमाडौँ महानगरपालिकाले माइकिङ गर्दै अनधिकृत रुपमा सञ्चालित व्यापारिक प्रयोजन हटाई सहयोग गर्न आग्रह गरेको छ ।
विभागलाई महानगरपालिका ले पटक–पटक मौखिक र लिखित रुपमा आग्रह गरेको तर, त्यस्ता प्रयोजनहरु हटाउन ढिलासुस्ती गरेपछि बाध्य भएर सम्पदामा अनधिकृत व्यापार गरिहेका व्यापार–व्यवासायीहरुलाई ती स्थान खाली गर्न आग्रहसहित माइकिङक गरेको कुरा काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख धनपती सापकटाले भन्नुभयो । दमकल कार्यालयको उत्तरतर्फको भवन र तलेजु मन्दिर निकटको भवनमा व्यापारिक प्रयोजनमा होटल, रेष्टुराँ र सटरहरु सञ्चालित छन् भने त्यस्ता प्रयोजनहरु आफै हटाउन मान्नु भएन भने महानगरपालिका आफ्नै ढंगबाट अघि बढ्न बाध्य हुने कुरा महानगरपालिका सुत्रले बताएका छन् ।
सम्पदा बचाउने सबै भन्दा जिम्मेवार निकाय पुरातत्व रहेको र विश्व सम्पदा सूचिमा सूचिकृत स्थानमै पुरातत्वले सम्पदा मासेर आम्दानी गर्न थाल्दा अन्त पनि काम गर्न कठिन हुने भन्दैे काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले नै निर्देशन दिए अनुसार प्रक्रिया अघि बढाएको महानगरपालिका प्रहरी प्रमुख सापकाटोको भनाई छ ।
स्थानीय बासिन्दाले समेत पटक–पटक त्यहाँको मौलिकता कायम गर्न महानगरपालिकासँग आग्रह गरेको भन्दै प्रमुखज्युले स्थायनीको समेत मागलाई ध्यानमा राखेर अघि बढ्न आग्रह गरेपछि हामीले त्यहाँ माइकिङ गर्दै खाली गर्न आग्रह गरेको कुरा पनि सापकोटाले बताउनु भयो ।
काठमाडौँ महानगरपालिकाकाले यहि माघ १४ गते अनधिकृत प्रयोजन हटाइदिन आग्रह गर्दै पुरातत्वलाई पत्र पठाएको थियो भने त्यसपछि अनधिकृत व्यापार–व्यवसाय हटाई त्यहाँको ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्वलाई कामय राख्न ताकेता गर्दै पुनः चैत ५ गते प्रथम ताकेता पत्र पठाई पुरातत्वलाई स्मरण गराएको कुरा महानगरपालिका सुत्र ले जानकारी दिएको छ ।
पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले काठमाडौँ महानगरपालिकाको प्रयासलाई सकारात्मक रुपमा लिएको भन्दै सो क्षेत्र पुरातत्वको क्षेत्राधिकार भित्र पर्ने हुँदा समस्या समाधानका लागि प्रयास जारी राखेको जानकारी दिंदै उहाँले काठमाडौँ महानगरपालिकाले पठाएको पत्र प्राप्त भएपछि त्यस सम्बन्धमा प्रधानमन्त्री कार्यालय र पर्यटन मन्त्रालयलाई जानकारी गराइसकेको र त्यो क्षेत्र हनुमान ढोका दरबार संग्राहलय विकास समितिले हेरिरहेको र पर्यटन सचिव त्यसको प्रमुख हुने भएकाले हा उहाँहरुसँग समेत समन्वय गरेर आज–भोलि नै बैठक बसी तत्काल समाधानको प्रयास गर्ने तयारी गरिरहेको बताउनु भयो ।
Categorized in उपत्यका

