STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सयौं बाजा एउटै ताल, सयौं कलाकार एउटै चाल

Janjati Khabar – Janjati Khabar | २०८१ भाद्र १७, सोमबार

केन्द्रीय मानन्धर संघले काठमाडौंको आयोजनामा  बृहत् धाः बाजा प्रदर्शनी ११४४ सम्पन्न गरेको छ । बसन्तपुरमा सम्पन्न सो प्रदर्शनी  मौलिक बाजा संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले संघले केही वर्ष यतादेखि काठमाडौं महानगरपालिकासँगको सहकार्यमा स युवा पुस्तामार्फतको सहभागीता मा सम्पन्न भएको हो । मरु गणेशस्थानको पछाडि अवस्थित माजु देगःको खुड्किलामा उभिएर सयौं कलाकारहरुले एकै पटक, एउटै चालमा सयौं बाजा बजाएको हो ।

‘मानन्धर समुदायको सघन बसोबास रहेका विभिन्न टोल मध्ये काठमाडौंका ८ वटा टोलबाट बाजा प्रदर्शनीमा सहभागी थिए ।’ कार्यक्रम संयोजक सन्देश मानन्धरले बताए । कार्यक्रममा लाय्कूसाः मानन्धर समाज, भिंद्यः गुथि कालिमाटी, चस्वांद्व मानन्धर सनाःगू खलः, थँहिटी मानन्धर गुथि, दैसाः टोल मानन्धर समाज, न्यागःमणि फेदी मानन्धर संघ, मानन्धर सनाःगू खलः न्हूसाः तथा पाक्व पुखूद्यां सनाः खलःबाट आठआठ जना कलाकार सहभागी गराएको प्रदर्शनीमा १५ जना व्यावसायिक म्यूजिकल अर्केस्ट्राका कलाकारले साथ दिएको उहाँले जनाए ।

कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाकी उप मेयर सुनिता डंगोलले मानन्धर समाजले बाजा संरक्षणमा दिंदै आएको योगदानलाई प्रशंसा गरिन् । एउटा फरक प्रसङ्गमा डंगोलले सामाजिक र सांस्कृतिक परम्परालाई निरन्तरता दिंदै आएका खलः, पुचः र गुठीको लागि चालू आ.व.मा महानगरले यथोचित बजेट विनियोजन गर्न नसकेको स्वीकार गरिन् । मेयर बालेन शाहप्रति इँगित गर्दै उप मेयर डंगोलले महानगरबासीकै करको योगदानबाट निर्माण भएको बजेटमा थुप्रै संघसंस्थाको अधिकार विमुख भएको बताइन् । हुन पनि आ.व. २०८१–८२ को बजेटमा केन्द्रीय मानन्धर संघ, उदाय समाज, बज्राचार्य समाज, सिस्य समाज लगायतका थुप्रै सामुदायिक संस्थाको कार्यक्रम शिर्षक कटौती भएको छ । गत वर्ष विनियोजित बजेटलाई चालू आ.व.मा निरन्तरता दिने सवालमा मेयर शाह र कार्यपालिकाका अन्य सदस्यहरुबीच असमझदारी सिर्जना भएको बताइएको छ ।

चस्वांद्व मानन्धर सनाःगू खलःका सचिव उत्तम मानन्धरले सञ्चालन गरेको कार्यक्रममा काठमाडौं महानगरपालिकाकी डेपुटी मेयर सुनिता डंगोल, महानगरकै प्रवक्ता नवीन मानन्धर, जनसेवा प्रहरी प्रमुख, विभिन्न बाजा खलःका गुरुहरु तथा हजारौं दर्शकहरु सहभागी थिए ।

क) कार्यक्रमको लागि बाजा प्रशिक्षकः

त्रिरत्न मानन्धर

ख) बाजा प्रदर्शनीमा सहभागी भएको टोल÷बाजा समूह तथा संयोजकहरुको विवरणः

१) लाय्कूसाः मानन्धर समाज (प्रतिनिधि, सानुबाबु मानन्धर)

२) भिंद्यः गुथि कालिमाटी (प्रतिनिधि, जगदीश मानन्धर)

३) चस्वांद्व मानन्धर सनाःगू खलः (प्रतिनिधि, उत्तम मानन्धर)

४) थँहिटी मानन्धर गुथि (प्रतिनिधि, गौतम मानन्धर)

५) दैसाः टोल मानन्धर समाज (प्रतिनिधि, सन्देश मानन्धर)

६) न्यागःमणि फेदी मानन्धर संघ (प्रतिनिधि, पुष्प मानन्धर)

७) मानन्धर सनाःगू खलः न्हूसाः (प्रतिनिधि, कृष्ण बहादुर मानन्धर)

८) पाक्वः पुखूद्यां सनाः खलः (प्रतिनिधि, बाबुराम मानन्धर)

Photo Courtesy: Prakash Manandhar

समाचार स्रोत - के के मानन्धर

Categorized in उपत्यका