STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

'सरकारले ध्यान नदिँदा काठमाडौंका मौलिक सभ्यताहरु लोप हुने अवस्थामा'

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख २५, आइतबार

काठमाडौं - सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाकी मेयर उम्मेदवार सिर्जना सिंहले स्थानीय सरकारले ध्यान पुर्‌याउन नसक्दा काठमाडौंको मौलिक सभ्यताहरु लोप हुने अवस्थामा पुगेको बताएकी छन् ।

आइतबार काठमाडौंमा आयोजित बुद्धिजिवी भेला तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार सिंहले काठमाडौं उपत्यकामा भएका मौलिक सभ्यता र परम्पराको संरक्षण गर्न स्थानीय सरकारले ध्यान नदिएको बताएकी हुन् । उनले स्थानीय सरकारले राजनीति मात्र गरेका कारण मौलिक सभ्यता र सम्पदाहरु लोप हुने अवस्थामा पुगेको बताइन् ।

उनले आफू काठमाडौंको मेयरमा निर्वाचित भएमा सम्पदाको संरक्षण र सम्वद्र्धनमा विशेष ध्यान पुर्‌याउने बताइन् । उनले भनिन्, ‘काठमाडौं ऐतिहासिक शहर हो । विश्व सम्पदा सूचिमा पनि परेको छ । यस शहरका थुप्रै आफ्नै मौलिक सभ्यताहरु, सम्पदाहरु छ । यहाँका मुर्तिकला, बास्तुकला, चित्रकला, यहाँका नाटकहरु, अरु कलाकारिता भैरवनाथदेखि यहाँका कलाकारिता पनि आफ्नै मौलिक छ ।’

उनले थपिन्, ‘तर त्यो लोप हुने अवस्थामा गइराखेको छ । कसरी गइराखेको छ भने स्थानीय सरकारले ध्यान नपुर्‌याउँदा र उसले पहल नगर्दा खाली राजनीतिमात्र गर्दाखेरी यस्ता चिजहरु सबै लोप हुन गइराखेको छ । त्यो उजागर गर्न र त्यसलाई संरक्षण र सम्र्वद्धन गर्न मेरो सधैँ पहल हुनेछ र म गर्छु ।’

Categorized in उपत्यका