सरकारले भन्यो– कुलमानसम्बन्धी निर्णय सुशासनसँग जोडिएको छ
Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र १२, मंगलबार
काठमाडौं - सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय सुशासनसँग जोडिएको स्पष्ट पारेको छ । सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने क्रममा यस्तो बताएका हुन् ।
“यो सुशासनसँग जोडिएको विषय हो । हरेक विषयमा हामी व्यापारी होइनौँ, नाफा–नोक्सान हेरिएको हुँदैन,” उनले भने ।
सडकमा भइरहेको विरोधका सम्बन्धमा उनले भने, “लोकतन्त्रमा मान्छे सडकमा निस्किइहाल्छन् ।”
Categorized in राजनीति

