STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सरकारविरुद्ध बुटवलमा प्रदर्शन

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ३०, शुक्रबार

काठमाडाैं - केहीदिन यता सामाजिक सञ्जालमार्फत आह्वान भई स्वतस्फूर्तरुपमा भेला भएर युवाहरुले देशका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन् । सोही अनुसार शुक्रबार बुटवलमा पनि सरकारविरुद्ध प्रदर्शन भएको हो । मुख्यमन्त्री कार्यालय नजिकै ठूलो संख्यामा भेला भएका उनीहरुल सरकारविरोधी प्लेकार्डसहित नाराबाजी गरिरहेका छन् । प्रदर्शनकारीले कोरोना नियन्त्रणमा भएको१० अर्ब खर्चको हिसाब दिनुपर्ने, आरडीटी टेष्टमा खर्च बन्द गर्नुपर्ने, सबै नागरिकको पीसीआर टेष्ट अनिवार्य गर्नुपर्नेलगायतका माग राख्दै आएका छन् ।
Categorized in राजनीति