STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सरकार र संसद अरुले नै चलाउँछन् : मन्त्री किराँती

Janjati Khabar – Janjati Khabar | २०८० जेठ २, मंगलबार

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सरकार र संसद अरुले नै चलाउने गरेको र आफूले सोचेअनुसार काम गर्न नपाएको गुनासो गरेका छन् ।

आज (मंगलबार) संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै मन्त्री किरातीले आफू शोकेसकाे मान्छेजस्तो भएको बताए । संसद र मन्त्री अरूले नै चलाउने गरेकाे र आफू त डमी मात्रै रहेकाे भन्दै उनले मन्त्रीको रुपमा सरकारमा बस्दा आफूले यस्तो अनुभूति गरेको बताएका हुन् ।

आफ्नो योजना बमोजिम काम गर्न नपाएको गुनासो गर्दै उनले संसदमा बल दिए मात्र आफूहरुले केही गर्न सक्ने बताए । नत्र त अरुकै इशारामा चल्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो ।

मन्त्री किरातीले हवाई उडानको सुरक्षाका लागि र पर्यटकीय क्षेत्रका लागि धेरै सुधारका कामहरु गर्नुपर्ने बताए । त्यसमा सहयोग गर्न संसद र सांसदहरुलाई उनले आग्रह समेत गरे ।

Categorized in राजनीति