STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सरिता गिरीमाथि राज्य विरुद्धको कसुरमा जाहेरी

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ६, शनिबार

काठमाडौं - सांसद सरिता गिरीलाई राज्य विरुद्धको कसुरमा कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा जाहिरी परेको छ । अधिवक्ता त्रय सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेले सांसद गिरीलाई राज्य विरुद्धको कसुरमा कारबाहीका लागि जाहरी दिएका हुन् । शुक्रबार दिउँसो ५ बजे उजुरी दर्ता पनि भइसकेको छ । अदालतले पक्राउका लागि अनुमति दिएपछि प्रहरीले पक्राउ गर्नेछ । सांसद गिरीले संसद् बैठकमै नेपालले भारतलाई नसोधी नक्शा जारी गरेकाले त्यसको औचित्य नभएको बताएपछि चौतर्फी आलोचना भएको थियो ।
 त्यसपछि सांसद गिरीले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा संविधानको अनुसूची ३ अनुसारको निसान छापमा राख्न गरिएको संविधान संशोधन विधेयक खारेजीको मागसहित संशोधन दर्ता गराइन् ।
सांसद गिरीको संशोधन प्रस्ताव प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ११२ मा उल्लेखित शर्त विपरीत रहेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले अस्वीकार गरिदिएको थिए । सांसद गिरीबाट राष्ट्रिय एकतामा खलल पार्ने काम भएको भन्दै कारबाहीका लागि उजुरी गरेको छ । गिरीमाथि कसुर ठहर भए मुलुकी अपराध संहिता, २०७४ ४९ को ५ (क) उपदफा (१) वा (२) बमोजिमको जन्मकै’दका सजाय भोग्नुपर्ने छ । गिरीले एक टेलिभिजन अन्तरवार्तामा लिम्पियाधुरा नेपालको भूमि हो भनेर आफुले स्विकार्न नसक्ने वताएकी थिईन । उनको यो अभिव्यक्तिले चौतर्फि विरोध सुरुभएसंगै अहिले उजुरी दर्ता भएको हो । गिरीको अभिव्यक्ति संगै सात दिनको समय सिमा तोकेर राष्ट्रिय युवा संघ नेपालले यस अघिनै सांसद पद बाट हटाउन माग गरिसकेको छ । त्यस्तै नेविसंघ लगायत विभिन्न पार्टिका भातृसंगठनहरुले पनि गिरीलाई कार्वाहीको माग गरिरहेका छन् । गिरीले पछिलो समय पुन एक भारतीय टेलिभिजनमा अन्तरवार्ता दिदै चीनको उक्साहटमा नेपालले नयाँ नक्सा जारी गरेको विवादास्पद अभिव्यक्ति दिएकी छिन् ।टिभीनाइन भारतवर्षलाई अन्तवार्ता दिँदै सांसद गिरीले चीनको कुनै न कुनै समूहबाट नेपाल उक्साहट भएर नयाँ नक्सा जारी गरेको बताएकी छिन् । नयाँ नक्सा जारी गर्दा नेपाल सरकारले स्रोत र आधारबारे केही उल्लेख नगरेकाले आफूले आपत्ति जनाएको बताएकी उनले भारतसँगै चीनको सीमा समस्या समाधान गर्ने गरी नक्सा ल्याउनु पर्ने बताउँदा आफूलाई राष्ट्रविरोधीको रुपमा चित्रण गरिएको गुनासो गरेकी छिन् । तराई मधेशका जनताले पहिचानका लागि १२ वर्षदेखि संघर्ष गर्दा पनि बेवास्ता गरेको भन्दै सांसद गिरीले मधेशी जनतालाई भारतीय एजेन्ट र जासूसको रुपमा सरकारले हेर्ने गरेको विवादास्पद भनाइ राखेकी छिन् । आफूले सरकारी विधेयकमाथि संशोधन प्रस्ताव हाल्दा आफ्नो घरमा आक्रमणभएको भन्दै उनले वार्ताबाट भागिरहेको भारतबाट नेपालको भूमि मिचिएकोबारेमा भने केही बताइनन् । बरु उनले नेपालको लोकतन्त्र र अर्थतन्त्र भारतले बचाउने भन्दै भारतकै प्रशंसा गरिन् । नेपालले नक्सा जारी गर्दा भारतसँग नसोधेको भन्दै संसदमा विरोध जनाएपछि आलोचित बनेकी सांसद गिरी संविधान संशोधन विधेयक २०७७मा दर्ता गरेको संशोधन प्रस्ताव सदनले अस्वीकृत गरेपछि संसदबाट बाहिरिएर केही मिडियासँग आफ्नो अभिव्यक्ति राखेकी थिइन् । उनको सांसद पद खारेज गर्न र उनलाई कारबाही गर्न आवाज उठिरहेका बेला फेरि उनले भारतीय मिडियासँग विवादास्पद अभिव्यक्ति दिएकी छिन् ।
Categorized in राजनीति