STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सर्वदलीय बैठक सम्पन्न : संविधानविरोधी गतिविधिविरूद्ध एकजुट हुन प्रधानमन्त्रीको अपिल

Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर २३, मंगलबार

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा मंगलबार सर्वदलीय बैठक बसेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा करिव एक घण्टा भएको बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सहभागिता थियो । 

ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आयोजना गरेका हुन् ।

सहभागी नेताहरुलाई स्वागत गर्दै प्रधानमन्त्री ओलीले बैठक कोभिड १९ नियन्त्रण, प्राप्त उपलब्धीहरुको रक्षा, संविधानविरोधी हिंसात्मक गतिविधिहरुको विरोधमा एकजुट हुन अपिल गरे ।

बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल, उपप्रधानमन्त्री ईश्वर पोरखेल, कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, महामन्त्री विमलेन्द्र निधि, नेताहरु कृष्णप्रसाद सिटौला डा. प्रकाशशरण महत, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेता महन्थ ठाकुर, राप्रपाका दीपक बोहरा, नेमकिपाका सांसद प्रेम सुवालको उपस्थिति थियो ।

Categorized in राजनीति