STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सर्वसाधारणलाई घरमै रहन निर्देशन, देश नै ‘लकडाउन’

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र १०, सोमबार

काठमाडौं– मंगलबारदेखि लागु हुने गरी सरकारले सर्वसाधारणलाई घरबाहिर निस्कन नमिल्ने गरी ‘लकडाउन’ गर्ने निर्णय गरेको छ । काठमाडौंमा कोरोना भाइरस संक्रमित भेटिएपछि देशलाई पूर्णरुपमा लकडाउन गर्ने निर्णय सरकारले गरेको हो । फ्रान्सबाट कतारको दोहा भएर चैत ४ गते नेपाल आएका एक महिला कोरोना भाइरस संक्रमित भएको पुष्टि भएपछि सरकारले उक्त कदम चालेको हो । कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले मंगलबार बिहान ६ बजदेखि एक हप्ताको लागि सर्वसाधारणलाई घरबाहिर निस्कन नमिल्ने गरी लकडाउन गरेको हो । तर खाद्यान्न र अत्यावश्यक वस्तु ढुवानीको लागि सवारी साधन भने चलाउन पाइनेछ । बैठकले अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय गरेको छ । साथै, संक्रमण रोग ऐन २०२० अन्तर्गत जारी आदेशको अवहेलना गर्ने वा काममा वाधा पु¥याउने व्यक्तिलाई सोही ऐन बमोजिम सजाय हुने निर्णय पनि बैठकले गरेको छ ।
Categorized in राष्ट्रिय