सर्वाेच्चले माग्यो देउवालाई प्रतिपक्ष दलको नेताको मान्यता दिनुको कारण
Janjati Khabar – Janjati Khabar | २०७९ माघ २५, बुधबार
काठमाडौं - सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको मान्यता दिनुको कारण दिन आदेश दिएको छ ।
बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासले संघीय संसद् सचिवालयसँग देउवालाई प्रतिपक्ष दलको नेताको मान्यता दिनुको कारण दिन आदेश दिएको हो ।
यस सन्दर्भमा सर्वोच्च सभामुख देवराज घिमिरे, संघीय संसद् सचिवालय, नेपाली कांग्रेसको संसदीय दल, नेता शेरबहादुर देउवा र संवैधानिक परिषद्लाई लिखित जवाफ पेश गर्न पनि सर्वोच्चले आदेश दिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत माग्दा काँंग्रेसले प्रचण्डलाई विश्वासको मत दिएको थियो । र, प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि कांग्रेस प्रमुख प्रतिपक्ष मान्न नसकिने भन्दै अधिवक्ता विमल पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
उक्त रिटमामाथि फैसला गर्दै सर्वोच्चले बुधबार कारण देखाऊ आदेश र जवाफ पेश गर्न आदेश दिएको हो ।
Categorized in राजनीति

