STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सर्वोच्चकाे फैसला स्वागतयाेग्य : देउवा

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण ११, मंगलबार

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतकाे फैसला स्वागतयाेग्य भएकाे बताएका छन् ।

विघटित प्रतिनिधिसभा पुनःस्थापना हुने गरी सर्वोच्चले गरेको फैसलाको सम्मान गर्दै देउवाले ऐतिहासिक र स्वागतयाेग्य भनेका हुन् ।

ओली नेतृत्वको नेकपाको सरकारले प्रतिनिधि सभा विघटन गरेको घटनालाई नेपाली कांग्रेसले तत्काल नै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम भनी निर्णय गरेको पनि उनले बताएका छन् । उनले कांग्रेसले संसद विघटनमा सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनु पर्छ भन्दै आएको पनि बताएका छन् ।

Categorized in राजनीति