STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सवारी साधनमा आगजनी

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ५, बिहिबार

विप्लव समूहले आह्वान गरेको बन्दमा गाडी चलाइएको भन्दै अज्ञात समूहले हेटौँडा काठमाडौँ त्रिभुवन राजपथअन्तर्गत थाहा नपा वडा नं ४ दामन नजिक काठमाडौँबाट हेटौँडा आइरहेको ना २ च ९०९४ नंको कुखुरा ओसार्ने सवारी साधनमा आगजनी गरी क्षति पु¥याएको छ ।
यसैगरी हेटौँडाबाट भीमफेदी हँुदै थाहा नगरपालिकातर्फ गइरहेको ना ४ ख ७९६० नंको मिनी ट्रकमा भीमफेदी गाउपालिका–९ गोलमोडमा आगजनी गरी क्षति गरिएको छ । 
यसैगरी हेटौँडा उपमहानगरपालिका–८ कमानेमा वडा कार्यालय अगाडि सडकमा राखिएको प्रेसरकुकुर बम तथा हेटौँडा नारायणगढ सडकखण्डको हेटौँडा उपमहानगरपालिका–१८ को तिनताप्केमा सडकमा राखिएको प्रेसरकुकुर बमलाई नेपाली सेनाको बम डिष्पोज टोलीले निष्क्रिय बनाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । बन्दका कारण जिल्लामा यातायात, कलकारखाना, शैक्षिक संस्था सञ्चालन हुन सकेको छैन ।
Categorized in अपराध-दुर्घटना