STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

साँघुरो सडक बन्यो डम्पिङसाइड

Janjati Khabar – जनजाति खबर | २०७६ पौष २, बुधबार

पोखरा महानगरपालिका–५ र ८ जोड्ने जिरो किलोमिटरस्थित फिर्के खोला पुल क्षेत्रमा सडक साँघुरो छ । त्यो पनि डम्पिङसाइड बन्न थालेपछि स्थानीयवासी आक्रोसित बनेका छन् । पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिको प्रधान कार्यालयबाट पश्चिमतर्फ ७२ मिटर सडक अति साँघुरो भएका कारण उक्त स्थानमा दुर्घटना बढिरहेको स्थानीयवासी मुक्तिनाथ सुवेदीले बताउनुभयो । साँघुरो बाटोका साथै सडकको उत्तर तर्फको केही खाली जग्गामा फोहर र मरेका जनावरसमेत फाल्ने गरेका कारण वातावरण दुर्गन्धित भई सास्ती भोगिरहनुपरेको उल्लेख गर्दै उहाँले यस विषयमा सम्बन्धित निकायमा जानकारी गराए पनि समस्याको समाधान हुन नसकेको बताउनुभयो । प्रदूषणका साथै साँघुरो सडकका कारण दुर्घटना बढेको भन्दै स्थानीयवासीले सडक फराकिलो बनाउन र बाँकी जग्गामा पार्किङको माग गरेपछि वडा नं ५ को कार्यालयबाट सडक डिभिजन कार्यालय पोखरामा पत्राचार गरिसकिएको छ । त्यसको हालसम्म सुनुवाइ हुन नसकेको स्थानीयवासीको गुनासो छ ।
Categorized in राष्ट्रिय