STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

साँढे काटेको अभियोगमा मुद्दा

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २८, मंगलबार

महोत्तरी जिल्लामा पहिलो पटक साँढेलाई धारिलो हतियार प्रयोग गरी काटेको अभियोगमा प्रहरीले एक जनामाथि मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार जिल्लाको एकडारा गाउँपालिका–५ बस्ने इन्दल महरा चमारले धारिलो हतियार प्रयोग गरी साँढेको तीन खुट्टा काटेर घाइते बनाएको अभियोगमा उनलाई प्रहरीले प्रक्राउ गरी उनीमाथि अङ्गभङ्ग मुद्दा चलाइएको हो । प्रहरीका अनुसार महोत्तरीमा यो पहिलो घटना हो । पशुलाई क्षति पु¥याएको आरोपमा कुनै मानिसमाथि अङ्गभङ्ग मुद्दा चलाइएको हो । इन्दल महरा चमारले आफ्नो घरमा पालेका गाई, बस्तुका लागि काटेर राखेको घाँस घरमा पसेर साँढेले खाइदिएपछि रीसको झोकमा धारिलो हतियार लिएर साँढेको तीन खुट्टामा काटेर गहिरो घाउ बनाइदिएको हो । चमारले काटेर घाइते बनाएको साँढेको अवस्था नाजुक रहेको छ भने स्थानीय प्रशासनले सो साँढेको उपचार पशु स्वास्थ्य सेवा कार्यालय जलेश्वरमा गराएको छ ।
Categorized in अपराध-दुर्घटना