STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सांसदहरुको कोरोना रिपोर्ट नेगेटिभ

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २६, शुक्रबार

काठमाडौं – संघीय संसदका २१२ सांसदसहित कर्मचारी र सुरक्षाकर्मीको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । बिहीबार १७९ जना प्रतिनिधिसभाका सांसद र ४५ जना राष्ट्रिय सभाका सांसदलगायत ४४० जनाको थ्रोट स्वाब संकलन गरिएको थियो । त्यस्तै संसद सचिवालयका कर्मचारी र मर्यादापालक २१६ जनाको स्वाब संकलन गरिएको थियो । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाको संयोजक अशोक पौडेलले बिहीबार स्वाब संकलन गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । शुक्रबार पनि ६३ सांसदको स्वाब संकलन गरिएको छ । जसमध्ये ५३ जना प्रतिनिधि सभा तर्फका हुन् भने १० जना राष्ट्रिय सभाका सांसद हुन् । संसद सचिवालयले कोरोना परीक्षण गरेपछि मात्र सांसद र कर्मचारीलाई संसद भवनमा प्रवेश दिने तयारी गरिरहेको छ । संघीय संसद भवनबाट अहिलेसम्म ६९२ जनाको स्वाब संकलन गरिएको छ । बिहीबार ४४० जना र शुक्रबार २५१ जनाको स्वाब संकलन गरिएको हो ।
Categorized in राजनीति