सांसदहरुको पनि कोरोना परीक्षण सुरु
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २५, बिहिबार
काठमाडौं – संसद भवन वानेश्वरमा प्रतिनिधि र राष्ट्रिय सभाका सदस्यहरुको कोरोना परीक्षण भइरहेको छ ।
शुक्रबारदेखि सुरु हुन लागेको संसदको बजेट अधिवेशनमा भाइरसको संक्रमण नफैलियोस् भनेर सम्पूर्ण सांसदहरुको कोरोना परीक्षण भइरहेको छ ।
भौतिक दूरी कायम गरी संसद बैठक चलाउने तयारी भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा बैठकमा उपस्थित हुँदा उनको वरपरका १२ सिट खाली राखिने भएको छ ।
Categorized in राजनीति