STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सांस्कृतिक तथा व्यावसायिक विकासको उद्देश्य सहित कुमारीपाटी जावलाखेल महोत्सव हुने

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ चैत्र १९, मंगलबार

ललितपुर जिल्लाको व्यस्त सडक कुमारीपाटी जावलाखेलमा एउटा बृहत महोत्सव हुने भएको छ । कुमारीपाटी जावलाखेल विकास संस्थाको तत्वावधानमा ललितपुर महानगरपालिकाको सह-आयोजना तथा ललितपुर उद्योग वाणिज्य संघ तथा ललितपुर चेम्बर अफ कर्मसको सहयोगमा  यहि आउँदो २०८१ साल चैत २२ गते शुक्रबार र २३ गते शनिबार दुई दिन सम्म बिहान ८ बजे देखि राती ९ बजे सम्म कुमारीपाटी जावलाखेल सडक महोत्सव २०८१ हुने भएको छ  ।

 उक्त महोत्सव ललितपुरको इटी चोक देखि कुमारीपाटी, तफाल्हो र जावलाखेल सम्म गरी करिब एक किलोमिटर लामो बाटोमा हुने बताइएको छ । यस महोत्सवमा विभिन्न साँस्कृतिक र साँगितिक कार्यक्रमका साथै यस क्षेत्रको पहिचान हुने ऐतिहासिक झाँकी र मनोरञ्जनातमक कार्यक्रम पनि प्रस्तुत गरिने भएको छ । साथै महोत्सव पछि उपयुक्त समय हेरेर सो क्षेत्रमा रात्रीकालिन बजार पनि संचालन गर्नेछ भन्ने  जानकारी गराउन सोमबार एक प्रेस सम्मेलन आयोजना गरिएको छ । 

सो प्रेस सम्मेलन मा जानकारी दिइए अनुसार कुमारीपाटी जावलाखेल विकास संस्थाको आयोजनामा यस क्षेत्रका टोलवासीहरु, व्यवसायीहरु, वित्तिय र शैक्षिक प्रतिष्ठानहरुको संलग्नतामा ललितपुर महानगरपालिका यस महोत्सवको व्यवस्थाको लागि कुमारीपाटी जावलाखेल बिकास संस्थाको अध्यक्षतामा ५१ सदस्यीय कुमारीपाटी जावलाखेल महोत्सव २०८१ मुल समारोह समिति गठन गरिएको छ । आयोजकको तर्फबाट वीरेन्द्रलाल श्रेष्ठले   यस महोत्सवको मुख्य उद्देश्य यस क्षेत्र इटी, कुमारीपाटी, तफाल्हो र जावलाखेलको बजार व्यवसाय अभिवृद्धि गर्न आन्तरिक र विदेशी पर्यटकहरुलाई समेत आकर्षित गर्न विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने र यहाँको ऐतिहासिक एवं पुरातात्वीक धरोहरलाई जनमानसन पहिचान गराई यसको संरक्षण विकास गर्दै लैजाने रहेको कुरा बताए ।

 महोत्सवलाई संस्थागत गर्न र विगत बर्षको महोत्सव भन्दा अझै आकर्षक र भव्यताका साथ सुसम्पन्न गर्न विभिन्न उप समितिहरु गठन गरिएको छ । जस अनुसार व्यवस्थापन उप समिति, आर्थिक उपसमिति, प्रचार प्रसार उप समिति, स्टल व्यवस्थापन उप समिति, स्वास्थ उप समिति, सांस्कृतिक एंव मनोरञ्जन उप समिति, स्वयं सेवक उप समिति, सरसफाई उप समिति र सुरक्षा उप समिति रहेको छ । महोत्सवको प्रवेश द्वार इटी चोक, लगनखेल पाटन अस्पताल नीर र जावलाखेल चोकमा रहने र महोत्सवको रुटमा विभिन्न व्यापारीक प्रतिष्ठानहरुको स्वागत र शुभकामना ब्यानरहरु रहने भएको छ ।

 

महोत्सवको पहिलो दिन चैत २२ गते शुक्रबार दिउँसोको २:०० बजे बागमती प्रदेश मुख्य मन्त्री माननीय बहादुर सिंह लामा बाट समुद्घाटन गर्नुहुने तथा तत्पश्चात यस क्षेत्रमा रहेका बिभिन्न उत्कृष्ट व्राण्डको साँस्कृतिक एंव अन्य मनोरञ्जनातमक कार्यक्रम रहने छ । महोत्सवको दोस्रो दिन दिउँसो १२ बजे देखी बेलुका ८ बजे सम्म साँस्कृतिक एंव साँगितिक कार्यक्रम गरिने छ । 

 

पहिचान सहितको यस महोत्सवलाई आकर्षक रुपमा प्रस्तुत गर्न र यस क्षेत्रको पहिचानलाई उजागर गर्न नेपालमा श्री मछिन्द्रनाथ देवता ल्याउन लाई अग्रणी भुमिका भएका राजा नरेन्द्र देव, तान्त्रिक बन्धु दत्तु र ललित ज्यापुको झाँकी, कुमारीपाटी मन्दिरमा जिवित देवी कुमारीलाई आमन्त्रण गरी सर्व साधारणलाई दर्शन गर्न लगाउने र यहाँको ऐतिहासिक विविधता झल्कने खालको कार्यक्रम प्रस्तुत गरिने छ ।

 

यस कार्यक्रमलाई अझ रोचक बनाउन फेशन शो, फेश पेन्टिङ्ग, ट्याटु, विभिन्न परिकारको फूड स्टल, हस्तकलाको लाइभ शो र अन्य व्यवसायहरुको व्यापार प्रवद्धन गर्ने, ज्ञानमूलक र खोजमूलक स्टलहरु मध्य ८१ वटा स्टल क्यानोपी, ३० वटा फुड स्टल, २९ वटा वडा स्टल क्यानोपी, स्वास्थ कर्मी सहित हेल्प देस्क ४ वटा स्टलहरुको व्यवस्था रहने छ । महोत्सवलाई अरु रोचक बनाउन महोत्सवको दुवै दिन नेपालको साँस्कृतिक सम्पदाको विभिन्न प्रकारका नृत्यहरु सडकमा प्रस्तुत गरिने छ । महोत्सवको पूरा क्षेत्रमा कार्टुन चित्रका झाँकीहरु र नेपालको विभिन्न भाष भाषी जात जातीको साँस्कृक्तिक झाँकीहरु प्रस्तुत गरिने छ । महोत्सव मूल समितिले यस कार्यक्रमलाई भव्य, शान्ति र सुरक्षित दृष्टिकोणबाट सफल पार्न ललितपुर जिल्ला प्रहरी परिसरबाट सुरक्षाको लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी बलका जवानहरु र ललितपुर महानगरिय प्रहरीहरु सित समन्वय गरि ट्राफिक व्यवस्थापनको लागि ट्राफिक प्रहरीहरुको व्यवस्था गरि जन मानिसलाई यस महोत्सवले सुरक्षा एवं ट्राफिकको राम्रो व्यवस्थापन गरि रमणीय वातावरण बनाउने योजना रहेको कुरा पनि सो प्रेस सम्मेलन मा जानकरी गराइएको छ ।

Categorized in साहित्य-कला