STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

साउदी तेल उत्पादन कटौतीसँगै तेलको मूल्यवृद्धि

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र ३०, सोमबार

साउदी अरेबियाले तेल र ग्यास उत्पादनमा करिब आधा कटौती गरेसँगै विश्व बजारमा कच्चा तेल र ग्यासको मूल्यवृद्धि भएको छ । साउदी अरेबियाका दुई ठूला इन्धन प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएपछि साउदी अरबको तेल उत्पादनमा प्रभाव परेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबमा भएका आक्रमणहरु यमनका हुथीले नभई इरानले गरेको आरोप लगाएपछि अरब क्षेत्रमा तनाब उत्पन्न भएको छ । ब्रेन्ट कच्चा तेलको मूल्यमा प्रति ब्यारेल करिब १२ अमेरिकी डलर वृद्धि भएको छ भने डब्लुटिआईमा पनि कच्चा तेल प्रति ब्यारेल करिब १५ प्रतिशत अर्थात् ८ डलर बढेको छ । इरान समर्थित यमनका हुथी विद्रोहीहरुले साउदी अरेबियाका दुई वटा तेल प्रशोधन केन्द्रमा ड्रोनबाट आक्रमण गरेको दाबी गरेका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पले आक्रमणकारीको पहिचान भइसकेको र रियादको अनुमति प्राप्त हुनासाथ आक्रमण गरिने बताउनुभएको छ ।
Categorized in अन्तर्राष्ट्रिय