सागका स्वर्ण विजेतालाई २५ लाख देऊ, खेलकुद मन्त्रीलाई बर्खास्त गर तरुण दलको माग
Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर २५, बुधबार
नेपाल र नेपालीको इज्जत बढाएको भन्दै खेलाडीहरुलाई धन्यवाद ज्ञापन गरेको तरुण दलले साग प्रतियोगितामा खेलकुद मन्त्रालय र खेलकुद परिषद ९राखेप०ले भ्रष्टाचार गरेको आरोप लगाएको छ ।
विज्ञप्तिमा लेखिएको छ, ‘साग खेलकुदमा खेलाडी र प्रशिक्षकको सेवा र सुविधामा भ्रष्टाचार गर्ने खेलकुद परिषदका सदस्य सचिव एवं खेलकुद मन्त्रीलाई अविलम्ब बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी कारवाही गर्न दल जोड्दार माग गर्दछ ।’
खेलाडीहरुलाई सुटिङ, साइक्लिङ, स्वीमिङ लगायतमा खेलकुदका सामाग्री प्रदान गर्न नसकेको तर मन्त्रीहरुको चाकरीका लागि राखेपले दौरा सुरुवाल उपलब्ध गराएको तरुण दलको ठहर छ ।
‘खेलाडीका प्रशिक्षकलाई कम भत्ता दिनु, अन्तर्राष्ट्रिय स्तरको खेलकुदमा स्वर्ण पदक जित्नुहुने खेलाडीलाई पुरानो निजी साइकलबाट प्रतिष्पर्धामा भाग लिन बाध्य पार्नुलाई ध्यान नदिई दौरा सुरुवाल खरिद गर्नतिर ध्यान दिनु लज्जास्पद मात्र नभएर सामान्य नैतिकताभन्दा बाहिरको जति निन्दा गरेपनि कम नै हुने निन्दनीय कार्य भएको दलको ठहर छ,’ विज्ञप्तिमा लेखिएको छ ।
Categorized in राष्ट्रिय


