STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

साढे दुई लाखसहित ४० जना जुवाडे पक्राउ

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २७, सोमबार

जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले दुई दिनमा विभिन्न चार स्थानबाट जुवा खेली रहेको अवस्थामा ४० जना जुवाडेलाई पक्राउ गरी दुई लाख ५८ हजार ३२० नगदसमेत बरामद गरेको छ । पोखरा महानगरपालिका–५ पस्र्याङस्थित विमला श्रेष्ठको घरमा डेरा गरी बस्ने कमला रानाभाटको कोठाबाट चार बुक तास, आठ जना व्यक्तिसहित रु एक लाख २१ हजार १४० र पोखरा–८ नागढुङ्गास्थित नीरज होटलबाट जुवातास खेली रहेको अवस्थामा सात जना र रु ६२ हजार ८३५ पक्राउ गरेको प्रहरीले जनाएको छ । त्यसैगरी पोखरा ३२ भैmरीचोकस्थित रामराज पौडेलको गोठबाट ११ जना र नगद रु ३२ हजार ८१५ र पोखरा १६ दीपस्थित दुर्गा घलेको घरमा अवैध जुवातास खेलाई रहेको गोप्य सूचनाको आधारमा आठ जनासहित रु २५ हजार २०० र पोखरा १० रामबजार होटल पर्वतबाट ३६ हजार ३३० र छ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिनुभयो ।
Categorized in अपराध-दुर्घटना