STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

साताको शेयर ः एक अर्ब ६१ करोडको कारोवार

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र १४, शनिबार

धितोपत्र बजारमा यस साता कूल १७२ कम्पनीको शेयर कारोवार भयो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक उतार चढावपूर्ण अवस्थामा रह्योे । यसै साता बजार ओरालो लागेर एघार सयको बिन्दुमा झरेको छ । बजारमा लगानीकर्ताको मनोविज्ञान नकारात्मकतातर्फ उन्मुख भएको भन्दै बजार ओरालो लागेको बताइँदै आएको छ । कारोवार रकम र नेप्सेको अवस्थाले पनि सोही कुरालाई इङ्गित गरेको छ । यस साता ६० लाख २४ हजार ९७५ कित्ता शेयर रु एक अर्ब ६१ करोड ४८ लाख ३८ हजार ३७७ मूल्यमा खरीद बिक्री भए । गत साताको अन्तिम दिन अर्थात् यही भदौ ५ गते बिहीबार नेप्से ०।९९ विन्दुले घटेर एक हजार २१३।०६ विन्दुमा झरेर बन्द भएको थियो । यस साताको पहिलो दिन आइतबार नेप्से ३।४५ विन्दुले घटेर एक हजार २०९।६२ विन्दुमा पग्यो । नेप्से ओरालो लाग्दा कारोवार रकमसमेत सस्तैमा समेटियो । कूल १७१ कम्पनीको १२ लाख ७५ हजार ६२३ कित्ता शेयर रु ३५ करोड दुई लाख ६९ हजार ५०९ मूल्यमा खरीद बिक्री भए । यस्तै सोमबार पनि नेप्से ६।४९ बिन्दुले घटेर एक हजार २०३।१३ बिन्दुमा पुग्यो । नेप्से घटेपनि कारोवार रकम भने औसतमा रह्यो । कूल १७२ कम्पनीको १६ लाख तीन हजार ३२६ कित्ता शेयर रु ३८ करोड पाँच लाख ९६ हजार ५७१ मा कारोवार भए । साताको तेस्रो दिन मङ्गलबार नेप्से परिसूचक उकालो लाग्यो । सो दिन नेप्से ४।८७ बिन्दुले बढेर एक हजार २०८ मा पुग्यो । कूल १६७ कम्पनीको आठ लाख ५० हजार ३८६ कित्ता शेयर रु २४ करोड ४६ लाख ६८ हजार २०९ मूल्यमा कारोवार भयो । यस्तै बुधबार नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो । नेप्से १०।२६ अङ्कले घटेर एक हजार १९७।७५ मा झ¥यो । परिसूचक घटेपनि कारोवार भने औसत नै रह्यो । कूल १६८ कम्पनीका १३ लाख १९ हजार ८०६ कित्ता शेयर रु ३७ करोड १९ लाख ४४ हजार ४२९ मा खरीद बिक्री भए । साताको अन्तिम दिन बिहीबार कारोवार मापक नेप्से परिसूचक पुनः झिनो अङ्कले ओरालो लाग्यो । नेप्से १।३३ अङ्कले घटेर एक हजार १९६।४१ मा सीमित भयो । नेप्से घटेसँगै कारोवार रकमसमेत सस्तैमा समेटियो । कूल १७० कम्पनीको नौ लाख ७५ हजार ८३४ कित्ता शेयर रु २७ करोड ७३ लाख ५९ हजार ६५९ मा खरीदबिक्री भए । वाणिज्य बैंकको बोलवाला शेयर कारोवारका आधारमा यस साता वाणिज्य बैंकहरुकै बोलबाला रह्यो । आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट धमाधम लाभांश घोषणा हुन थालेपछि बजारमा वाणिज्य बैंक उपसमूहको नै बोलवाला रहेको हो । शेयर कारोवारका आधारमा कुमारी बैंक शीर्ष स्थानमा रहेको छ । यस्तै नेपाल बैंक लिमिटेड, एनआइसि एशिया बैंक, प्रभु बैंक, रसुवागढी जलविद्युत् कम्पनी, महालक्षमी विकास बैंक, मेगा बैंक, एनसिसि बैंक, माछापुच्छ्रे बैंक र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेड क्रमशः शीर्ष स्थानमा रहे । छ कम्पनीका शेयर सूचीकृत स्टकमा यस साता विभिन्न छ कम्पनीका शेयर सूचीकृत भए । त्यसमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एक करोड नौ लाख ९२ हजार ३२१ कित्ता शेयर लाभांश सूचीकृत भएको छ । यस्तै सेञ्चुरी बैंकको १६ लाख ५० हजार ९२ कित्ता शेयर लाभांश, उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको दुई लाख २२ हजार ७५० कित्ता शेयर लाभांश, नागबेली लघुवित्त वित्तीय संस्थाको एक लाख ४३ हजार ८०० कित्ता शेयर लाभांश, गरिमा विकास लघुवित्त वित्तीय संस्थाको ३२ लाख ७५ हजार कित्ता हकप्रद शेयर र प्रिमियर इन्स्योरेन्स कम्पनीको ४९ लाख पाँच हजार ६०० कित्ता शेयर लाभांश सूचीकृत भएको छ ।
Categorized in बिजनेस