STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सामाखुसी खोलाले बगाउँदा १३ वर्षीय बालक बेपत्ता

Janjati Khabar – Janjati Khabar | २०८० श्रावण ७, आइतबार

काठमाडौं - काठमाडौंको सामाखुसीमा खोलाले बगाउँदा आज १३ वर्षीय साजन मगर बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीका अनुसार पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत निज बालक आज फुटसल खेल्न जाँदै गर्दा पर्खालबाट खसेर सामाखुसी खोलामा खसेका थिए ।

खोलामा खसेर बेपत्ता भएका बालकको खोजीमा प्रहरी परिचालन गरिएको प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले बताए।

Categorized in अपराध-दुर्घटना