STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सामान्य विन्दुले बढ्यो नेप्से

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन २८, मंगलबार

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३।६२ विन्दुले बढेर एक हजार १४०।५८ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०।९७ विन्दुले बढेर २५०।१४ मा पुगेको छ । नेप्से सामान्य अङ्कले बढे पनि कारोवार रकम भने औसतमा समेटिएको छ । कूल १५० कम्पनीको सात लाख १९ हजार ३३० कित्ता शेयर रु २० करोड ९२ लाख छ हजार ६३१ मूल्यमा कारोवार भयो । स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको मात्रै शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर उकालो लागेको छ । निर्जीवन बीमा १०।३४, उत्पादन ३।६ र जीवन बीमा ९।६ विन्दुले घटेको छ । यस्तै बैंकिङ ३।४४ बढ्दा व्यापारको भने कुनै विवरण उल्लेख छैन । होटल १९।४९, विकास बैंक ८।२, जलविद्युत् २।१८, वित्त १।७५, अन्य ६।१७, लघुवित्त ४।६१ र सामूहिक लगानी कोषको पनि विवरण उल्लेख छैन । कारोवारका आधारमा आज सिदार्थ बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु तीन करोड ७६ लाख ७४ हजार ६०३ मूल्य बराबरको शेयर कारोवार भएको छ । यस्तै एशियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर रु तीन करोड ६९ लाख ६० हजार, कृषि विकास बैंक रु एक करोड ४० लाख ४१ हजार ६१२, प्रभु बैंक रु एक करोड २८ लाख ५३ हजार ४७१, शिवम् सिमेन्ट रु ६७ लाख ५० हजार १६७, चिलिमे जलविद्युत् कम्पनी रु ६३ लाख ८९ हजारमा कारोवार भई शीर्ष स्थानमा रहे । स्टकका अनुसार आज आरएमडिसी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५।९३ प्रतिशतले कमाए । सिनर्जी पावर ५।५६, ग्रीन डेभलपमेन्ट बैंक ४।९०, सबैको लघुवित्त वित्तीय संस्था ४।७०, ओरियन्टल होटल ३।९० र महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ३।८४ प्रतिशतले आर्जन गरे । त्यस्तै सिटी एक्सप्रेस फाइनान्स कम्पनी ५।८८, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी ४।९४, हिमालयन पावर पार्टनर ३।४७, नेपाल इन्स्योरेन्स कम्पनी ३।३०, एनएमबी माइक्रोफाइनान्स ३।२५ र एभरेष्ट इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले २।९७ प्रतिशतले गुमाए ।
Categorized in बिजनेस