STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सार्वजनिक भयो ‘ख्याल ख्यालैमा हरायौ’

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ जेठ १९, सोमबार

नेपालको गीत संगीत क्षेत्रमा चर्चित सञ्जिवकुमार पौडेल र मेलिना राईको स्वरमा रहेको गीत ‘ख्याल ख्यालैमा हरायौ’ सार्वजनिक भएको छ । खगेन्द्र दाहालको शब्द, सञ्जिवकै सङ्गीत, कृष्ण विके (भाञ्जा)को एरेञ्ज र प्रकाश मिश्रको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

 विक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा स्मारिका ढकाल र सुरेश कोहलीले अभिनय गरेका छन् । प्रकाश खड्का र टिमको सिनेमेटोग्राफी रहेको यस भिडियोमा लक्ष्मण चौहानको दृश्य सम्पादन रहेको छ । 

गीतले आफूले माया गरेको मान्छेसँग बोल्दा बोल्दै एक अर्कामा रमाएको, ख्याल ख्यालैमा एक अर्कामा हराएको भाव व्यक्त गरिएको छ । भावनात्मक शब्द, समधुर सङ्गीत र आकर्षक भिडियो संयोजनले गीतलाई अझ प्रभावशाली बनाएको छ । उत्कृष्ट शब्द, सङ्गीत र स्वर रहेको गीत जति समधुर छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ ।

गीतको भिडियो गायक पौडेलको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । पौडेलका थुप्रै गीत श्रोता/दर्शकमाझ लोकप्रिय छन् ।

https://www.youtube.com/watch?v=ZJPPns8_ksM

Categorized in साहित्य-कला