STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

साल्ट ट्रेडिङ्ग कर्पोरेशन सरल र सुलभ आपूर्ति ब्यवस्था मिलाउने तर्फ निरन्तर प्रयासः अध्यक्ष मानन्धर

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र ११, सोमबार

आदरणीय शेयरधनी महानुमहावहरु, यस कर्पोरशनको ५२ औं वार्षिक साधारण सभामा भाग लिन उपस्थित हुनु भएका सम्पूर्ण शेयरधनी महानुभाव एवं आमन्त्रित अतिथिज्यूहरुमा सञ्चालन समिति तथा मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत एवं अभिवादन गर्दछु । कम्पनी ऐन २०६३ को अधीनमा रही तयार पारिएको ५२ औं वार्षिका प्रतिवेदनका साथै २०७५ अषाढ मसान्तसम्मको कर्पोरेशनको वासलात, आर्थिक वर्ष २०७३(०७३ को नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण तथा कर्पोरेशनले गरेको विभिन्न क्रियाकलाप तथा गतिविधिहरु यहाँहरु समक्ष छलफलका लागि प्रस्तुत गर्ने अनुमति माग्दै शेयरधनी महानुभावहरुले प्रस्तुत प्रतिवेदनबाट कर्पोरेशनको कारोवार तथा अन्य गतिविधिको समीक्षा गरी आगामी दिनमा अझ बढी प्रभावकारी ढगंले अगाडि बढ्न मार्गदर्शन प्रदान हुनेछ भन्ने पूर्ण विश्वासका साथ अनुमोदनका लागि प्रस्तुत गरेकाछौ । १. विगत वर्षको कारोवारको सिंहावलोकनः कर्पोरशनको प्रस्तुत वर्षको कारोवारलाई तुलानात्मक रुपमा समष्टिगत मूल्याङ्कन गर्दा व्यापारिक कारोवार सन्तोषजनक रहेको र वित्तीय क्षेत्रको लगानी उपलब्धिमूलक रहेको छ । कर्पोरेशनले गुणस्तरीय वस्तुहरुको कारोबार गरी आम उपभोक्ताहरुलाई गुणस्तरयुक्त खाद्य वस्तु तथा अन्य वस्तुको सरल र सहज, आपूर्ति व्यवस्था गरी सामाजिक उत्तरदायित्व वहन गर्दै रु. ९ अरब ६९ करोड (गत वर्ष ८ अरब ५८ करोड) को कारोबार गर्न सफल रहेकोछ । कर्पोरेशनले नेपाल सरकारको निर्देशन समेतको पालना गरी सामाजिक उत्तरदायित्व वहन गर्नु परेको कारण कुनै वस्तुहरुमा लागत मूल्यभन्दा कम मूल्यमा सामान विक्रि गर्नुपर्ने बाध्यात्मक अवस्थाका कारण कर्पोरेशनले अपेक्षित रुपमा मुनाफा आर्जन गर्न सकिरहेको छैन । यस आर्थिक वर्षको कारोवारबाट कर्पोरेशनले कुल (नचयकक) मुनाफा १ अरब १० करोड ८१ लाख (गत वर्ष रु.७६ करोड ९३ लाख) आर्जन गर्न सफल भएको छ । राट्रिय तथा अन्तरर्राष्ट्रिय परिस्थिबाट कर्पोरेशनको कारोवारलाई परेको असरः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरमा भएको उतार चढावका कारण अन्तर्राष्ट्रिय बजारबाट आयातित बस्तुमा खासै नाफामुखी हुन नसकिएको । चालु आ.वा.मा कर्पोरेशनले भारतबाट आयात गरेको चिनीमध्ये २५०० मे.टन चिनी भन्सार विन्दुमा आई पुग्न लाग्दा नेपाल सरकारबाट विदेशी चिनीको आयातमा प्रतिबन्ध लगाउने निर्णयले उक्त चिनी धेरै महिनासम्म भन्सार बिन्दुमा रहेको नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७५.९.२९ को निर्णयबाट उक्त चिनी आयात खुल्ला भए पनि डेमरेजको भार बढी परेको कारण कर्पोरेशनले भन्सार बिन्दुबाट छुटाउन नसकोले कर्पोरेशनलाई आर्थिक रुपमा व्ययभार बढ्न गएकोछ । देशको विद्यमान आर्थिक अस्थिरता, बढ्दो प्रतिस्पर्धी बजार समेत यथावत नै रहेको यस्तो कठिन परिस्थितिमा पनि कर्पोरेशनले विश्वसनीय र गुणस्तरीय सेवा पु¥याउँदै आफ्नो कारोवारमा सकारात्मक सुधार सहित बढेको यथार्थतलाई शेयरधनी महानुभावहरुले सन्तोषजनक रुपमा ग्रहण गरिदिनु भएको होला भन्ने आशा एवं विश्वास लिएका छांै । कर्पोरेशन नेपाल सरकार समेतको सहभागितामा गठित संस्था हो । अतः यस कर्पोरेशनले समाज, देश तथा सरकार प्रतिको दायित्वबोध तथा सामाजिक जिम्मेवारीलाई एक विशुद्ध व्यापारिक संस्थाको भन्दा फरक ढगंले लिनुपर्ने हुन्छ । त्यसै अनुरुप यसको कार्य सञ्चालनका प्रकृया, मूल्य र मान्यताहरु स्थापित भएकाछन् । कर्पोरेशनका कारोवारमा असर पार्ने यी कारणहरु महत्वपूर्ण रहेको छन् । सर्वसाधारण जनतालाई सुपथ मूल्यमा अति आवश्यक वस्तुहरु सुलभ गराउने गहन सामाजिक दायित्व यस संस्थाले बहन गर्दै आएको छ । त्यसैगरी उल्लेखित परिस्थितिमा आर्थिक उदारीकरण नीतिबाट सिर्जित उच्च प्रतिप्रर्धात्मक वातावरण र गहन सामाजिक उत्तरदायित्व (कयअष्ब िच्भकउयलकष्दष्ष्तिष्भक) बीच सामन्जस्य राख्नु हाम्रो लागि कम चुनौतिपूर्ण छैन । आफ्नो व्यावसायिक मर्यादा कायम राख्दै र सामाजिक मर्मलाई सम्मान गर्दै कर्पोेरेशनले देशका आम नागरिक एवं उपभोक्ताहरुलाई उच्च गुणस्तरको वस्तुहरु उचित मूल्यमा वर्षभरि उपलब्द गराउने तर्फ प्रतिवद्ध रही कार्य गरिरहेको व्यहोरा शेयरधनी महानुभावहरुलाई जानकारी गराउन चाहन्छौं । प्रतिवेदन तयार भएको मितिसम्म चालु वर्षको उपलब्धि र भविष्यमा गर्नु पर्ने कुराको सम्बन्धमा सञ्चालक समितिको धारणः चालु वर्षको उपलब्धिः अन्तर्राष्ट्रिवय बजार एवं आन्तरिक बजारमा अमेरिकी डलरमा देखिएको उतार चढाव एवं व्यावसायिक उतार चढावका बाबजूद पनि गत वर्षको पहिलो ७ महिनाको तुलानामा कर्पोरेशनले यस वर्षको शुरुको ७ महिनाको कारोवार तर्फ चालु वर्षको माघ मसान्तसम्म रु ४ अरब ७९ करोड ,(गत वर्ष सोही अवधिमा रु.६ अरब ६६ करोड) व्यासायिक कारोवार गरेको छ । नेपाल सरकारले अनुदानमा बिक्री वितरण गर्ने रासायनिक मल चालु आ.व. २०७५.०७६ को कुल रकमको कर्पोरेशनलाई प्राप्त हुने ३० प्रतिशत रकमबाट युरिया २०,००० मे.टन र डिएपी २०,००० मे. टन र पोटास २५०० मे.टन आयात भइसकेको छ भने बांकी परिमाण यसै आ.व.को अन्त्यसम्ममा आयात भइसक्ने ब्यहोरा जानकारी गराउँदछौं । कर्पोरेशनले आम कृषकहरुको भावनाको कदर गर्दै वर्षेनी हुने रासायनिक मलको अभावलाई न्यूनीकरण गर्ने उद्देश्य अनुरुप गैरअनुदानित रासायनिक मल एमुनियम सल्फेट र सिंगल सुपर फस्फेट मल आयात गरी आम कृषक उपोभोक्ताहरुलाई वर्षेनी हुने गरेको मलको अभावलाई विगत वर्षदेखिनै सन्तोषजनक रुपमा व्यवस्थापन गरिरहेको छ । उक्त मलको कारोवार राम्रो हुँदै गएको हुँदा आगमी वर्षहरुमा कर्पोरेशनले यसमा राम्रै सफलता प्राप्त गर्नेछ भन्ने विश्वास लिएकाछौं । कर्पोरेशनले भुकम्प प्रतिरोधात्मक प्रविधिको घर निर्माण गर्ने उद्देश्य अनुसार कर्पोरेशनको समेत लगानीमा फ्यूचर वर्कस् विल्डिङ्ग सोलुसन प्रा.लि. कम्पनी स्थापना गरी निर्माण साम्रागीको उत्पादन सुरु गरेकोछ भने कर्पोरेनको सहायक कम्पनी उपहार हाउजिङ्ग कम्पनी लिमिटेडले उक्त प्रविधिको घरहरु निर्माण गरी बिक्री गर्ने उद्देश्य अनुरुपमा उक्त कम्पनीको साविक था महादेव हाल चन्द्रागिरि नगरपालिका स्थित आफ्नै जग्गामा सो कार्यको शुभारम्भ गरेको ब्यहोरा शेयरधनी महानु भावहरुमा जानकारी गराउँदछौं । भविष्य प्रतिको धारणः १.नेपाल सरकारको नीतिको अवलम्बन गर्दै एउटा जिम्मेवार संस्थाको रुपमा मुलुकभर गुणस्तरीय वस्तुहरुको आपूर्ति ब्यवस्था मिलाउँदै कर्पोरेशनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्नु प्रमुख आवश्यकता रहेको छ । सोको लागि नवीनतम एवं सृजनशील कारोवारको खोजी गर्दै व्यापार विविधिकरण तर्फ उन्मुख रहेका छौं । २.कर्पोरेशनले किसानहरुको भावना अनुरुप नेपाल सरकारबाट प्राप्त अनुदानित मल वाहेक अन्य क्षेशहरुका किसानहरुलाई समेत सरल र सहज दरले मल उपलब्ध गराउने हेतुले गैर अनुदानित रासायनिक मल आयात गरी बिक्री वितरणको ब्यवस्था मिलाएको छ । यसरी ब्यवस्थापन गरिएको गैर अनुदानित मलको कारोवारलाई निरन्तरता दिई रहेकाछौ । ३.नेपाल सरकारको निति अनुसार आयोडिनको कमीको कारण आम नागरिकमा उत्पन्न हुने शारीरिक तथा मानसिक विकृति हटाउन संचालित कण्ठरोग नियन्त्रण आयोजनालाई उपादेयतालाई दृष्टिगत गर्दै देशका आमनागरिकहरुको स्वास्थ्यलाई सकारात्मक प्रभाव पार्ने उद्देश्यले आयोजनालाई निरन्तरता दिने नीति अवलम्वन गरेको छौं । यस कार्यक्रमबाट आगामि दिनमा गाँउ र दुर्गम क्षेत्रमा आम उपभोक्ताहरुको जनस्वास्थयमा सकारात्मक प्रभाव पर्ने हाम्रो विश्वास छ । ल्म्ज्क् २०१६ को प्रतिवेदन अनुसार नेपालमा ५ वर्ष मुनिका ९४.५ प्रतिशत वालवालिकाले उचित मात्रामा आयोडिनयुक्त नून प्रयोग गरेको पाइएकोले नेपाल ग्क्क्ष् लक्ष्य पुरा गरेको छ । ४.कर्पोरेशनका घाटामा चलिरहेका सहायक तथा सम्वन्धित उद्योग कम्पनीहरुलाई मुनाफा उन्मुख गराउन वैकल्पिक उपाय अवलम्वन गर्ने प्रयास गर्दा गर्दै पनि सोमा सफलता प्राप्त गर्न सकिएको छैन । साथै सञ्चानमा नआएका अन्य कम्पनीहरु खारेजी प्रकृयाको अन्तिम चरणमा पुगेको शेयरधनी महानुभावहरुलाई जानकारी गराउँदछौं । ५.मोरङ्ग सुगर मिल्सलाई पुनः संरचना गर्न नसकिएको भएता पनि फार्मको जग्गालाई अधिकतम उपयोग गरी आधुनिक उखु खेति गरी नाफामुखी हुने प्रयास भइरहेकोछ । ६.एकीर्कत नमूना वस्ती विकास गर्ने हेतुले व्यवस्थित विकास गर्न कर्पोरेशनले आफ्नो सहायक कम्पनी मार्फत भुकम्प प्रतिरोधी भवन निर्माण गरी विक्री वितरणको ब्यवस्था मिलाउने उद्देश्य अनुरुप काठमाडौंको चोाभारमा जग्गा खरीद गरेको र चन्द्रागिरि नगरपालिका उक्त प्रविधियुक्त घरहरु निर्माण भइरहेका शेयरधनी महानुभावहरुलाई जानकारी गराउँदछौं । ७. यस कर्पोरेशनले उपभाक्ताहरुको विश्वास तथा शेयरधनी महानुभावहरुको सहयोग, सुझाव तथा विगत वर्षहरुको उपलब्धिलाई ध्यानमा राख्दै आगामी वर्षहरुमा थप नाफा गर्न सक्ने बारेमा हामी विश्वस्त छौं । कम्पनीको औद्यगिक वा व्यावसायिक सम्वन्धः १. उपभोक्ताहरुको माग अनुसार गुणस्तरीय वस्तुहरु देशका विभिन्न औद्योगिक तथा व्यापारिक समूहहरुसँग विगतमा झै समन्वय गरी कर्पोरेशनले आफ्नो संरचना मार्फत सरल र सुलभ आपूर्ति ब्यवस्था मिलाउने तर्फ निरन्तर प्रयास गरेको छ । २. सनराईज बैंक लिमिटेड आ.व. २०७४(०७५ मा १०.५० प्रतिशत लाभाशं दिन सफल भएको छ । हाल कर्पोरेशनको उक्त कम्पनीको प्रति शेयर रु.१०० दरले ७३५८५५ कित्ता (प्रमोटर तथा साधारण समेत) शेयर रहेको छ । ३.सगरमाथा इन्स्युरेन्स कम्पनी लिमिटेडले कठिन प्रतिस्पर्धा हुदैँ पनि आ.व. २०७४(०७५ मा उचिच मुनाफा आर्जन गरेता पनि लाभाशं वितरण गरेको छैन । हाल कर्पोरेशनको उक्त कम्पनीको प्रति शेयर रु १०० दरले ३,२७,१३७.८५ कित्ता शेयर रहेको छ । ४.नेपाल वनस्पति घ्यू उद्योग हाल बन्द रहेको हुँदा वैकल्पिक व्यवस्था गर्ने प्रयत्नका साथ उक्त उद्योगबाट हाललाई तोरीको तेल उत्पादन गर्ने तर्फ आवश्यक मेशिन उपकरणहरु आयात गरी आई सकेकोछ । औद्योगिक क्षेत्र ब्यवस्थापन लि. बाट विद्युत लाईनको स्वीकृती प्राप्त नभएको कारण मेसिन जडानको कार्य हुन सकिरहेको छैन । (साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको २०७५ चैत्र ११ गते ५२ औं वार्षिक साधारण सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष श्री लक्ष्मीदास मानन्धरद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन बाट )
Categorized in राष्ट्रिय