STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

साह अध्यक्षमा चयन

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक ३, आइतबार

नेपाल औषधि व्यवसायी सङ्घ धनुषा जिल्लाको सम्पन्न प्रथम अधिवेशनले सत्यनारायण साहलाई शाखाको अध्यक्ष पदमा चयन गरेको छ । चयन हुने अन्य पदाधिकारीमा उपाध्यक्षमा रामनाथप्रसाद साह, महासचिवमा तेजनारायण चौधरी, कोषाध्यक्षमा विजयकुमार साह र सचिवमा सरोज राययादव हुनुहुन्छ । त्यस्तै उपकोषाध्यक्षमा मणिशङ्करप्रसाद साह तथा सदस्यमा विनोद पजियार, चन्द्रभूषणप्रसाद साह र शिवकुमार साह चयन हुनुभएको छ । सङ्घका निर्वाचन अधिकृत किशोरी साहका अनुसार प्रारम्भमा विभिन्न पदमा २६ जनाले उम्मेदवारी दर्ता गराउनुभएकोमा १७ जनाले उम्मेदवारी फिर्ता लिनुभएकाले आवश्यक पद सङ्ख्यामा मात्र निर्वाचनका लागि मनोनयनपत्र दर्ता रहन गएकाले उहाँहरू निर्विरोध निर्वाचित हुनुभएको हो ।
Categorized in राष्ट्रिय