STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सिट बाँडफाँड गर्न गठबन्धन कार्यदलकाे बैठक बस्दै

Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण २६, बिहिबार

काठमाडौं - सिट बाँडफाँडका लागि बनेको सत्ता गठबन्धनको कार्यदल बैठक आज बस्ने भएको छ ।

आगामी प्रदेश र संघको निर्वाचनमा सत्तारुढ दलहरुले के कति सिट बाँडफाँड गर्ने भन्न सम्बन्धमा निर्णय गर्न बनेको कार्यदलको दास्रो बैठक बस्ने भएको हो ।

बैठक दिउँसो २ बस्ने जनाइएको छ । निर्वाचनमा तालमेल गरेर जाने दलहरुबीच प्रारम्भिक सहमति भइसकेको छ । यद्यपि कुन दलले कति सिट लिने भन्ने विषय टुंगो लाग्न सकेको छैन।

आजको बैठकले सिट बाँडफाँडको आधार र मापदण्ड तय गर्ने कार्यदलको तयारी छ । यसअघि साउन २३ गते कार्यदलको पहिलो बैठक बसेको थियो ।

कार्यदलको संयोजकमा नेपाली काँग्रेसका बरिष्ठ नेता कृष्णप्रसाद सिटौला तोकिएका छन् । त्यस्तै सदस्यहरुमा पाँच दलीय गठनधनका नेताहरु पनि समेटिएका छन् । आज बन्ने मापदण्डकै आधारमा दलहरूले सिट बाँडफाड गर्नेछन् ।

Categorized in राजनीति