STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सिसी क्यामेरा छोपेर चोरी

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १०, शुक्रबार

सप्तरीको राजविराजमा रहेको ग्लोबल कृषि सहकारी हाटबजारमा बिहीबार चोरी भएको छ । चोरी गर्न आएका चोरले राजविराज–७ स्थित बजारमा राखिएको सिसी क्यामेरामा कालो रुमालले बाँधी पाँच पसलबाट चोरी गरेको ग्लोबल बहुमुखी सहकारी संस्थाका अध्यक्ष सुखराम यादवले जानकारी दिनुभयो । चोरले दृष्टि चामल पसलबाट रु २५ हजार, गुलशन खातुनको किराना पसलबाट रु ५० हजार, रोशनी कस्मेटिक पसलबाट रु आठ हजार नगदसहित २५ हजार बराबरको सामान, राजाराम यादवको फोटोकपी पसलबाट ल्यापटपसहित रु ६० हजार र सम्झना भुजेलको कस्मेटिक पसलबाट रु १० हजार नगदसहित २५ हजारको सामान चोरेर भागेको संस्थाका अध्यक्ष यादवले बताउनुभयो । मध्यराति हावाहुरी चलेपछि बत्ती गएको मौका छोपी आएका चोरले सिसी क्यामेरामा समेत कालो रुमालले बाँधी चोरी गरेको दृष्टि चामल पसलकी सञ्चालिका सरिता झाले बताउनुभयो । पीडितले संयुक्तरूपमा जिल्ला प्रहरी कार्यालय, सप्तरीमा बिहीबार उजुरी दिएका छन् ।
Categorized in अपराध-दुर्घटना