STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सुनचाँदीको दरभाउ ताेकियो

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १४, बुधबार

काठमाडौं – कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारद्वारा गत चैत ११ गतेदेखि जारी लकडाउनको कारण बजारमा नआइरहेको सुनचाँदीको दरभाउ बुधबारदेखि जारी गरिएको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले बुधबारबाट सुनचाँदीको दरभाउ बजारमा दिएको छ । महासंघका महासचिव कृष्णलाल महर्जनले बुधबार एक सुचना जारी गरी सुनचाँदीको दरभाउ बजारमा नगएको र सामाजिक सञ्जालमा मनपरि दरभाउ देखिरहेकोले उपभोक्तामा अन्योल सिर्जना भएको भन्दै बुधबारबाट सुनचाँदीको दरभाउ जारी गरेको जनाएको छ । लकडाउनको कारण सुनचाँदी तथा बहुमूलय गरगहनाको व्यवस्था पनि बन्दाबन्दीको अवस्थामा रहेको बताउँदै महासंघले गत जेठ १२ गते बसेको कार्यसमितिको बैठकले अन्तर्राष्ट्रिय बजार मूल्यलाई आधार लिई सुनचाँदीको मूल्य कायम गरी प्रकाशित गर्ने निर्णय भएको पनि सुचनामा जनाएको छ । महासंघले जारी गरेको दरभाउ अनुसार जेठ १४ गते बुधबार सुन प्रति १० ग्राम ७३ हजार ८०० र चाँदी प्रति १० ग्राम ७ सय ६३ रुपैयाँ निर्धारण गरेको छ ।
Categorized in बिजनेस