सुनिल थापा बने कांग्रेसकाे सहमहामन्त्री
Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक २९, शनिबार
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट कांग्रेस प्रवेश गरेका सुनिल थापा नेपाली कांग्रेसको सहमहामन्त्री भएका छन् । थापालाई शुक्रबार बसेको काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सहमहामन्त्रीमा मनोनित गरेको हो ।
थापासँगै प्रवेश गरेका अन्य ७ जना केन्द्रीय सदस्य र २ जनालाई आमन्त्रित केन्द्रीय सदस्यको जिम्मेवारी दिने निर्णय भएको कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले जानकारी दिए ।
केन्द्रीय सदस्यको जिम्मेवारी पाउने नेताहरुमा रामप्रसाद भट्टराई (मोरङ), विष्णुविक्रम थापा (सिन्धुपाल्चोक), बाबुराम बस्नेत (भोजपुर), वृजलाल यादव (बारा), किरण गिरी (काठमाडौं), टि.एन. योगी (ललितपुर), दिलीप राई (झापा) रहेका छन् भने कैलालीका आशाराम चौधरी र कपिलवस्तुका राजेशबहादुर सिंह आमन्त्रित केन्द्रीय सदस्य रहेका छन् ।
राप्रपाको एकता भएपछि असन्तुष्ट बनेका सुनिल थापा केही महिनाअघि आफ्नो समूहका नेतासहित कांग्रेस प्रवेश गरेका थिए । सहमहामन्त्री बनेका थापा राप्रपाका संस्थापक नेता पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् ।
Categorized in राजनीति

