STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सुन चाेरेकाे आरोप लागेपछि पाएको मेयरको टिकट चट् !

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख १२, सोमबार

काठमाडौं- नेकपा एमालेले पाेखरा महानगरपालिकाकाे मेयरका लागि दीपक पाैडेललाई हटाएर कृष्ण थापाकाे नाम अघि सारेकाे छ । सुन चाेरेकाे सम्बन्धी भिडियाे भाइरल बनेपछि पाैडेलकाे टिकट खाेसिएकाे हाे ।

एमालेकाे केन्द्रीय सचिवालयले शनिबार साँझ पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेकाे थियाे । लगत्तै सामाजिक सञ्जालमा पाैडेलले सुन चाेरेकाे दाबीसहितकाे भिडियाे भाइरल बनेकाे थियाे ।

सार्वजनिक भिडियाेमा एक सुनचाँदी पसलमा एक पुरुष र दुई महिला ग्राहकजस्ता देखिन्छन् ।  पुरूषले सुनको सिक्री खल्तीमा हाल्दै गरेको फुटेजमा देखिन्छ । उक्त व्यक्ति एमालेले मेयरकाे उम्मेदवार बनाएका पौडेल भएको भन्दै भिडियाे भाइरल बनाइएकाे थियाे ।

थापा पाेखराका पूर्वमेयर हुन् । उनी अहिले प्रदेश सांसद छन् । यसअघि उनी कास्की एमाले अध्यक्ष भएर पनि काम गरेका थिए ।

Categorized in राजनीति