सुन प्रकरणमा प्रयाेग भएकाे गाडी बरामद
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १६, शुक्रबार
काठमाडौं – कमलादीबाट बरामद सुन प्रकरणमा प्रयाेग भएकाे गाडी प्रहरीले बरामद गरेकाे छ ।
ललितपुरको ताल्सीखेलबाट सिंगापुर पुलिसका पूर्वकर्मचारी अमरबहादुर राईको नवनिर्मित तीन तले घरको कम्पाउण्डमा साढे १४ किलो चाँदी र आधा किलो सुन प्रकरणमा प्रकरणमा संलग्न स्कर्पियो गाडी बरामद भएको छ ।
काठमाडौं प्रहरी परिसर, टेकुको सादा पोशाकको टोलीले बरामद गरेको बा ६ च ५५१९ नम्बरको स्कोर्पियो बरामद गरेकाे हो ।
भाडामा लिन दिउँसो कोठा हेर्न भएर आएका केही अपरिचतहरुले २२ हजार रुपैयाँ मासिक तिर्ने गरी एउटा फ्ल्याटको डिल गरेका थिए । उनीहरुले अग्रिम १० हजार रुपैयाँ र साँझ थप ५ हजार रुपैयाँ दिएपछि राति ९ बजे गाडी कम्पाउण्डमा ल्याएर छाेडिगएकाे जनाइएकाे छ ।
बरामद गाडी बाराका इन्साद हुसिनको भएको खुलेको छ । उनी नक्कली नोट कारोबारको अभियोगमा कारबाहीमा परिसकेका व्यक्ति हुन् ।
Categorized in अपराध-दुर्घटना