STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सुशीला कार्कीलाई प्नधानमन्त्री बनाएपछि माओवादीको भर्त्सना

Janjati Khabar – Janjati Khabar | २०८२ भाद्र २७, शुक्रबार

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको प्रमुख सुशीला कार्कीलाई बनाएकोमा नेकपा माओवादी केन्द्रले भर्त्सना गरेको छ । 

सरकार प्रमुख कार्कीले पद तथा गोपनीयताको शपथ लिने तयारी गरिरहेको बेला शुक्रबार माओवादी केन्द्रकाे पदाधिकारीको भर्चुअल बैठकले भर्त्सना गरेको हो ।

'जनताको सर्वोच्च संस्था प्रतिनिधिसभा विघटन गरेर संविधान, विधिको शासन र लोकतान्त्रिक मूल्य र मान्यता विपरीत सरकार प्रमुख नियुक्त गरेकोमा हाम्रो पार्टी घोर भर्त्सना गर्छ । साथै, संविधान र विधिको शासन कुल्चेर गरिएको नियुक्तिको विरूद्ध विरोध गर्न सम्पूर्ण जनतामा आह्वान गर्दछौँ , बैठकको निर्णय सुनाउँदै सचिव देवेन्द्र पौडेलले भने ।

Categorized in राजनीति