STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सूचना केन्द्रले सिङ्गो महानगरको सूचना प्रवाह गर्ने दावी

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ चैत्र १८, बुधबार

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बालाजु सुचना केन्द्रबाट सिंगो महानगरको सुचना पाउन सकिने बताउनु भएको छ ।  उक्त  बालाजु बाईपासमा रहने सूचना केन्द्रको आज इक कार्यक्रमको बीच माननीय सहरी विकास राज्यमन्त्री रामबीर मानन्धर र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संयुक्त रुपमा शिलान्यास गर्नुभयो ।

निर्माणाधिन सुचना केन्द्र  निरीक्षण गर्न पुगेका प्रमुख शाक्यले   यो सुचना केन्द्रमा सुचना दिनेसँगै अरु पूर्वाधारहरु पनि खडा गर्ने र आधुनिक शौचालय, प्रहरी कार्यालय सँगै ट्राफिकको पनि व्यवस्था गर्नुकासाथै काठमाडौ आउने–जाने गाडीहरुको लगत पनि अभिलेख राख्ने कुरा बताउनु भयो ।

फोहर बोक्ने गाडीहरु के –कति कुन समयमा गएको बारेमा जानकारी सुचना केन्द्रले प्रवाह गर्ने गरि निर्माण गर्न खोजिएको मेयर शाक्यले बताए ।

मेयर शाक्यले सुचना केन्द्र उपभोक्ता मोडेलमा निर्माण भएको स्थानीय व्यक्तिहरुको सक्रियता मा उहाँहरुको १५ प्रतिशत, जनसभागिता र काठमाडौं महानगरको ८५ प्रतिशतको लागतको सुचना केन्द्र निर्माण गर्ने जानकारी दिनु भयो ।

Categorized in उपत्यका