STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सूचना केन्द्र स्थापना

Janjati Khabar – जनजाति खबर | २०७६ पौष ६, आइतबार

तनहुँको भिमाद नगरपालिका–९ स्थित मोहोरियामा सूचना केन्द्र निर्माण गरिएको छ । डिभिजन वन कार्यालय तनहुँले रु १९ लाखको लागतमा सूचना केन्द्रका लागि भवन निर्माण गरेको हो । डिभिजन वन कार्यालयको वन उद्यान कार्यक्रमअन्तर्गत निर्माण गरिएको वातावरणमैत्री उद्यानभित्र सूचना केन्द्रका लागि भवन निर्माण गरिएको कार्यालयका प्रमुख केदार बरालले जानकारी दिनुभयो । वातावरणमैत्री उद्यानका लागि काठमाडौँस्थित एशियन सेन्टर फर डेभलपमेण्टले सम्भाव्यता अध्ययन गरेको थियो । सम्भाव्यता अध्ययन प्रतिवेदन डिभिजन वन कार्यालय बुझाइएपछि कार्यालयले उक्त ठाउँको स्थलगत अवलोकनसमेत गरेको थियो । सूचना केन्द्रमा यस ठाउँ वरपर पाइने जडीबुटी सङ्कलन गरी प्रदर्शनीमा राखिने भीमाद नगरपालिका–९ का वडाध्यक्ष इमान थापाले जानकारी दिनुभयो । सोही ठाउँमा डिभिजन वन कार्यालयले दुई हेक्टर क्षेत्रफलमा जडीबुटीको नर्सरी स्थापना गरेको छ । उक्त नर्सरीमा अमला, खयर, मेन्डुलालगायतका बिरुवा उत्पादन गरिएको छ । नर्सरीमा ३० हजार बिरुवा उत्पादन गर्ने लक्ष्य राखिएको छ । यस ठाउँमा रहेको चुच्चेढुङ्गाको प्रचारप्रसार गरी पर्यटक भित्र्याउने लक्ष्यसहित वातावरणमैत्री उद्यान र सूचना केन्द्र निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । वडाध्यक्ष थापाले भन्नुभयो, “यस ठाउँमा रहेको चुच्चो ढुङ्गा निकै आकर्षक छ, यसको प्रचारप्रसार गरी पर्यटक भित्र्याउन सकिए यस ठाउँको विकासमा टेवा मिल्नेछ ।” यसैबीच गण्डकी प्रदेश सरकारको सहयोगमा जिल्लाको भीमाद नगरपालिका–९ पाथर्दीमा सामुदायिक भवन निर्माण गरिएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा पाथर्दीमा सामुदायिक भवन निर्माण गरिएको हो । घरवास ९होमस्टे० सञ्चालन भएका स्थानमा आर्थिक सहयोग गर्ने सरकारको नीतिबमोजिम रु १५ लाखको लागतमा सामुदायिक भवन निर्माण गरिएको पाथर्दी घरवास व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार आलेले जानकारी दिनुभयो । यहाँको १० घरमा घरवास सञ्चालन गरिएको छ । स्थानीय शिवकुमार आले, इमानसिं थापा, मोहन राना, शिवबहादुर राना, श्रीराम आले, मोतीसरा थापा, देवी मोक्तान आले, लालबहादुर राना, श्रीमाया आले र केशकुमारी थापाले घरवास सञ्चालन गरिरहनुभएको छ । पाथर्दीमा कूल ५३ घरधुरी छ । मुख्यमन्त्री नमूना वातावरणमैत्री कृषिगाउँको रूपमा छनोट भएको यस ठाउँमा केही कार्यक्रम गर्नुपर्दा भवनको अभाव थियो । प्रदेश सरकारको सहयोगमा सामुदायिक भवन निर्माणपछि कार्यक्रम सञ्चालन गर्न सहज भएको आलेले जानकारी दिनुभयो । “कार्यक्रम गर्नुपर्दा बारीमा टेण्ट टाँगेर गर्नुपर्ने बाध्यता थियो । घाम लागेको र पानी परेको बेला समस्या पथ्र्यो”, आलेले भन्नुभयो, “भवन निर्माण सम्पन्न भएपछि कार्यक्रम गर्न ढुक्क भएको छ ।” उक्त हलको क्षमता १०० जनाको छ । सामुदायिक भवन निर्माणका लागि प्रदेश सरकार मार्फत् डिभिजन वन कार्यालय तनहुँले शुरुमा रु दश लाख उपलब्ध गराएको थियो । भवन निर्माणका लागि पछि पुनः रु पाँच लाख थप गरिएको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिनुभयो । “घरबासमा पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले शुरुमा रु दश लाख अनुदान दिने निर्णय गरेको थियो,” बरालले भन्नुभयो, “उक्त रकमबाट स्वागतद्वार, सिढी, कोसेली घर, सांस्कृतिक सङ्ग्रहालय निर्माण भएका छन् ।” प्रदेश सरकारले गत आर्थिक वर्ष २०७५÷७६ मा जिल्लाका ४७ घरवासलाई रु चार करोड ३३ लाख ८४ हजार वितरण गरेको थियो । जिल्लाको आबुखैरेनी गाउँपालिकाका दुई, बन्दीपुर गाउँपालिकाका १०, भानु नगरपालिकाका नौ, व्यास नगरपालिकाका पाँच, घिरिङ गाउँपालिकाका दुई, देवघाट गाउँपालिकाका छ, शुक्लागण्डकी नगरपालिकाका सात, म्याग्दे गाउँपालिकाका दुई र भिमाद नगरपालिकाका चार घरवास अनुदानका लागि सूचीकृत भएका छन् । अनुदान रकम पाएका घरवास समितिले पर्यटक सूचना केन्द्र, सामुदायिक भवन, बहुउद्देश्यीय भवन, सार्वजनिक सभागृह, हस्तकला केन्द्र, कोशेलीघर, सौगातगृह, सांस्कृतिक सङ्ग्राहलय, सार्वजनिक पुस्तकालय, पार्क र उद्यान, भ्यूटावर बनाउन प्रवेशद्वार, पदमार्ग, ढुङ्गेमार्गलगायतका पूर्वाधार निर्माणमा रकम खर्च गरेका छन् । लगानीको वातावरण सिर्जना गर्न माग नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले रोजगारीका लागि उद्योग स्थापना गर्नुपर्नेमा जोड दिनुभएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घका ३४औँ वार्षिक साधारणसभाको शनिबार उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष गोल्छाले बेरोजगारी समस्या अन्त्यका लागि उद्योग स्थापना गर्नुपर्ने र त्यसका लागि सरकारले लगानीको वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । महासङ्घका उपाध्यक्ष किशोरकुमार प्रधानले उद्योगी व्यवसायीले ढुक्कसँग व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने बताउँदै देश विकासका लागि निजी क्षेत्र सहयोग गर्न सदैव तयार रहेको बताउनुभयो । जिल्ला समन्वय समिति तनहँुका प्रमुख शान्तिरमण वाग्लेले निजी क्षेत्रलाई उद्योगमैत्री बनाउने वातावरण सिर्जना गर्नु सबैको दायित्व भएकोमा जोड दिनुभयो । साधारणसभामा सङ्घका महासचिव इमकुमार मल्लले वार्षिक र कोषाध्यक्ष महेन्द्रकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभाले उक्त दुवै प्रतिवेदन पारित गरेको छ । पदक विजेता खेलाडीलाई सम्मान तेह्रौँ दक्षिण एशियाली खेलकूद ९साग० मा करातेतर्फ रजत पदक प्राप्त गर्न सफल अनु गुरुङलाई शनिबार तनहुँको दमौलीमा सम्मान गरिएको छ । तनहँुको बन्दीपुर गाउँपालिका–६ घर भएकी खेलाडी गुरुङलाई खेलाडी तथा प्रशिक्षक सङ्घ तनहुँले सम्मान गरेको हो । अनुले करातेमा ६१ केजी समूहतर्फ रजत पदक जित्नुभएको थियो । खेलाडी गुरुङलाई सम्मान गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले खेलाडीको मेहेनतले देशको इज्जत बढेको बताउनुभयो । उहाँले देशको लागि खेल्ने खेलाडीलाई राज्यले विशेष सम्मान गर्नुपर्न भन्नुभयो । खेलाडी तथा प्रशिक्षक सङ्घ तनहँुका अध्यक्ष मनिराज थापाले तनहँुकी चेली अनुले दक्षिण एशियाली खेलकूदमा पदक जितेर जिल्लाको मात्र नभई देशकै इज्जत राखेको बताउनुभयो । उहाँले सरकारले राम्रो सहयोग गर्ने हो भने खेलाडीले आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्नसक्ने बताउनुभयो । यसअघि गुरुङलाई सम्मानसहित दमौली बजार परिक्रमा गराइएको थियो ।
Categorized in राष्ट्रिय