सेक्युरिटी गार्ड सम्बन्धी निःशुल्क तालीम
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १६, बिहिबार
पातारासी गाउँपालिका–६ तिर्खुका शिवराज बोहरा र चमेली बुढा रोजगारी पाउने भएपछि खुशी भएका छन् ।
सामाजिक विकास मन्त्रालयको सहयोग र व्यावसायिक तथा सीप विकास तालीम केन्द्र जुम्लाको प्रायोजन एंव शुभलाभ सेक्युरिटी सर्भिसेज प्रालिको आयोजनामा एकमहीने निःशुल्क सेक्युरिटी गार्ड तालीम लिएर रोजगारी पाउने भएपछि उनीहरु खुशी भएका हुन् ।
प्लस टुसम्म पास गरेका बोहोरालाई कोरा शिक्षाले मात्र केही नहुने भएकाले सीपमूलक शिक्षा आवश्यक भएकाले तालीममा सहभागी भएको शिवराज बोहोराको भनाइ छ ।
यो तालीम लिएपछि स्वदेशमा मात्रै नभई विदेशमा पनि केही गर्न सकिन्छ कि भन्ने आँट आएको चमेली बुढालले बताउनुभयो । अर्का युवा कालीबहादुर ऐडीले यो तालीम सिके स्वदेश वा विदेशमा गएर राम्रो रोजगारी पाउनेमा विश्वस्त भएको जानकारी दिनुभएको छ ।
व्यावसायिक तथा सीप विकास तालीम केन्द्र जुम्लाका कार्यालय प्रमुख नारायण चौलागाईंले बेरोजगारी समस्यालाई समाधान गर्नका लागि सीपमूलक शिक्षा प्रदान गर्न लागिएको बताउनुभयो ।
Categorized in राष्ट्रिय


