STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सोमबार दुई अर्बको टेजरी बिल बिक्री हुने

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण ४, आइतबार

नेपाल राष्ट्र बैंकले सोमबार रु दुई अर्ब बराबरको टेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले सोमबार बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको टेजरी बिल बिक्री गर्न लागेको हो । बैंकले एक सूचनामार्फत ९१ दिने अवधिका लागि टेजरी बिल बिक्री गर्न लागेको जनाएको छ । उक्त टेजरी बिल आगामी जेठ ६ गते परिपक्व हुनेछ । बैंकले यसअघि माघ २७ गते रु १० करोड बराबरको टेजरी बिल बिक्री गरेको थियो ।
Categorized in बिजनेस