STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सोमबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

Janjati Khabar – Janjati Khabar | २०७९ माघ २९, आइतबार

काठमाडौं - सरकारले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए।

जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ।

Categorized in राष्ट्रिय