STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सोह्रखुट्टेबाट ब्रेक शु र सुन नाप्ने मेसिन बरामद

Janjati Khabar – Janjati Khabar | २०८० श्रावण १०, बुधबार

काठमाडौं - सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले काठमाडौंको सोह्रखुट्टेस्थित एक गोदाममा छापा मारेको छ।

बुधबार विमागबाट खटिएको टोलीले सोह्रखुट्टेको एक घरमा छापा मार्दा ब्रेक शु, डिस्क ब्रेकका सामान तथा सुन नाप्ने मेसिन, हिटर पनि बरामद गरेको छ ।

विभागले त्यहाँ बरामद गरेका सामानहरु त्रिभुवन विमानस्थलमा बरामद गरेको पोकाजस्तै रहेको बताइएको छ । तर, ती पोकाहरुमा सुन छ छैन त्यसबारे भने अनुसन्धानपश्चात खुलाइने बताइएको छ ।

बुधबार नै सशस्त्र प्रहरीको सहयोगमा सुन तस्करी प्रकरणमा सुरेन्द्र तामाङलाई पक्राउ गरिएको छ । उनी काठमाडौंबाट पक्राउ परेका हुन् ।

तामाङमाथि सुन कारोबार गर्नेहरुलाई गोदामको व्यवस्थापन गरिदिएको आरोप छ । सुन प्रकरणमा भारतीय नागरिक र चिनियाँ नागरिकसहित अहिलेसम्म १७ जना पक्राउ परेका छन् । उनीहरुविरुद्ध विभागले उच्च अदालत पाटनबाट म्याद लिएर अनुसन्धान अघि बढाएको छ ।

Categorized in अपराध-दुर्घटना