STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

स्थापितद्वारा प्रदेशसभा सदस्यबाट राजीनामा

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख ११, आइतबार


बागमती प्रदेशसभा सदस्य केशव स्थापितले आफ्नो  पदबाट राजीनामा दिनुभएको छ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका तर्फबाट उम्मेदवार भएपछि उहाँले आफ्नो पदबाट राजीनामा दिनुभएको हो ।

    उहाँले आज बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठसमक्ष लिखित राजीनामा दिएको जानकारी दिनुभयो । यसअघि बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले भरतपुर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिनका लागि प्रदेशसभा सदस्य पदबाट राजीनामा दिनुभएको थियो । उहाँहरु दुवै एमालेबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

Categorized in राजनीति