STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

स्याउको ‘ग्रेडिङ’ गर्न ल्याइएको मेशिन अलपत्र

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १२, आइतबार

जुम्लाका स्याउको बजार व्यवस्थापन गर्नका लागि ल्याइएको श्रेणीकरण ग्रेडिङ मेशिन अलपत्र छन् । स्याउ ग्रेडिङ गरी बजार प्रवद्र्धन गर्ने उद्देश्यका साथ स्थापना गरिएको उक्त मेशिन अलपत्र परेको हो । पछिल्लो समयमा यो मेशिनमा कृषकहरुले पनि स्याउ ग्रेडिङ नगर्दा मशिनको सबै पार्टपुर्जाहरु निकालेर अलपत्र अवस्थामा छ । मेशिन सञ्चालन गर्नैका लागि आएको जेनेरेटर र स्याउ ग्रेडिङ मेशिन राख्नलाई निर्माण गरिएको भवनसहित अर्कैलाई भाडामा दिएको बताइएको छ । मासिक रु १५ हजारमा भाडामा दिएको जिल्ला सहकारी सङ्घका अध्यक्ष पदम महतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘जुम्लामा सुहाउँदो मेशिन नआएको र प्राङ्गारिक जिल्ला भएकाले यहाँको स्याउलाई धुन पनि नमिल्ने भएकाले यो मेशिन उपयुक्त नभएकाले थन्किएको हो ।’’ जुम्लामा पहिलोपटक मेशिन पुग्दा स्याउ ग्रेडिङ गरिएको भए पनि कृषकहरुले स्याउ ग्रेडिङ नगरी बिक्री गरेपछि मेशिन नचल्ने अवस्थामा पुगेको अध्यक्ष महतले बताउनुभयो । यसको अनुगमन गरी सञ्चालनमा ल्याउन सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको सरोकारवालाहरुले बताएका छन् ।
Categorized in राष्ट्रिय