स्रोत नखुलेको लाखौं रुपैँयासहित भारतीय महिला पक्राउ
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ४, बिहिबार
रौतहट – स्रोत नखुलेको लाखौं रुपैँयासहित दुई भारतीय महिला पक्राउ परेका छिन् ।
विशेष सूचनाको आधारमा गौर नगरपालिका वडा नं. ३ महादेवपट्टीस्थित दशगजा क्षेत्रमा घाँस काट्न भनि आएका ती महिलाको साथबाट स्रोत नखुलेको रु छ लाख ४० हजार बुधबार बरामद भएको रौतहट प्रहरी उपरीक्षक रविराज खड्काले बताउनुभयो ।
रकमसहित पक्राउ पर्नेमा भारतको विहार राज्य, सितामढी बैरगनिया ग्राम पञ्चायत वडा नं १ सिन्दुरीयाका समान उमेरका ४५ वर्षीया शान्ति देवी र सोही ठाउँ बस्ने मिना देवी पक्राउ छन् । अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट प्रहरी सहायक निरीक्षक मनोजकुमार सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले ती महिला प्लाष्टिकको झोला चेक गर्दा श्रोत नखुलेको सो रकम फेला पारेको तथा उनीहरुमाथि आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो ।
Categorized in अपराध-दुर्घटना