STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

स्वतन्त्रसंसारको युट्युब र सांगीतिक प्रतियोगिताको टप २५ घोषणा

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ बैशाख १०, शुक्रबार

स्पाइनल ट्युमरका कारण तीनवर्षदेखि  हिँडडुल गर्न असमर्थ भएका कलाकार स्वतन्त्र ‘संसार’ महर्जनं को सकृयतामा  चलाइरहेको युट्युब अनलाइन टिभीमा हरेक साता व्यक्तित्व म्हसिका (व्यक्तित्व परिचय) टक शो प्रसारण भइरहेको छ।   

उक्त टक शोले २५ भाग पूरा गरेको र संसार क्रियसन नेपालले आयोजना गरेको सिंगिंग स्टारका टप २५ प्रतियोगी घोषणा   अवसरमा खोकना स्थित कार्यविनायक परिसरमा बुधबार कलाकार, गीतकार, संगीतकारको   सम्मान कार्यक्रम सम्पन्न भएको छ  ।

संसार क्रियसन नेपालले  आयोजना गरेको सो कार्यक्रममा   आफु शारीरिकरूपमा हिँडडुल गर्न कठिनाइ भएपनि गीत–संंगीत र कला क्षेत्रको विकासका लागि मानसिक रूपमाअझ सक्रिय भएर लाग्ने जोश, जाँगर र इच्छा शक्ति रतिभर कमभएको छैन भनि दृढता पोख्नु भएको छ ।

ललितपुर महानगरपालिका–२१ का वडाध्यक्ष रवीन्द्र महर्जनले मञ्च अगाडिको केक काटेर सबै भ न्दा पहिलाकलाकार महर्जनलाई खुवाएर बधाई तथा शुभकामना व्यक्त गरेका थिए भने  नेपालभाषाको चलचित्र पत्रकारिता र म्युजिक भिडियोका  अग्रज विजयरत्न असंबरेले कोरोना जोखिमको यो समय भनेकै युट्युब र अनलाइन को समय हो भन्दै कलाकर्मि स्वतन्त्रसंसार समय अनुसार अघि बढ्न सक्ने व्यक्तित्व हुन् भनि मन्तव्य राख्नु भएको थियो भने   कार्यक्रममा नेपालभाषाको पहिलो फिल्म सिलुका नायक जय श्रेष्ठ र चलचित्रजाँचपास बोर्डका सदस्य राजेश महर्जन थिए ।

समारोहमा नेवाःपत्रकार राष्ट्रिय दबूका केन्द्रीय महासचिव सुनील महर्जनले सञ्चार क्षेत्रमार्फत महर्जनको सक्रियताले फरक क्षमता भएका व्यक्तिलाई हेर्ने परम्परागत सामाजिक दृष्टिकोणलाई चिर्न सहयोग पुर्याएको चर्चा गर्नु भएको थियो।

Categorized in साहित्य-कला