STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

स्वतन्त्र संसार महर्जनले संसार फाउण्डेशनबाट कलाकर्मिहरुका लागि कल्याणकारी काम गर्ने घोषणा

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ फाल्गुण ३, बुधबार

चलचित्र, कला र मनोरन्जन जगतमा सकृय रहँदै आएका कलाकर्मि स्वतन्त्र संसार महर्जनको पहलमा संसार फाउन्डेसन नेपालको आधिकारिक रुपमा आरम्भ गर्ने भएको छ । 

सम्पूर्ण कला जगतको हित होस् भन्ने पवित्र उद्देश्य बोकेर संचालन हुने सो फाउण्डेशनको घोषणा संसार क्रियशन नेपाल खोकनाद्वारा आयोजित दोश्रो नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड  समारोहमा भएको थियो ।

 संसार ग्रुपका संस्थापक एवम् क्रियटिभ डाइक्टर स्वतन्त्र संसार महर्जनले केही समय अगाडि आफू संलग्न एक कोरियन विद्यार्थीहरूले तयार पारेको वृत्तचित्र निर्माणको क्रममा आफू पनि सहभागी भई त्यस प्रोजेक्टबाट पारिश्रमिक स्वरुप पाएको  $ १२५० डलर बाट आफुलाई केही अंश बाँकी राखी नेपाली रु. १,११,१११/- रुपैयाँ संस्था संचालनमा ल्याउन लागेको बताए । 

 

सो रकम उक्त समारोहमा कार्यक्रमका विशेष अतिथि प्रकाश सायमीको हात बाट  फाउण्डेशनको पहिलो सामाजिक पक्षको रुपमा नेवा: कलाकार कल्याणकारी कोषमा जम्मा गर्ने गरी संसार ग्रुपका संस्थापक तथा कोषाध्यक्ष प्रेमहा संसार महर्जन लाई  चेक हस्तान्तरण पनि गरे ।  संसार ग्रुपका क्रियटिभ डाइरेक्टर स्वतन्त्र संसार महर्जनले  यो कोषमा सबै मनकारी महानुभावहरुबाट  पनि हातेमालो गर्नुहुन अनुरोध पनि गरेका छ्न् ।

Categorized in साहित्य-कला